•  
  •  
  •  
  •  
  •  
  •  
  •  

मेक्सिकोमा प्रहरी र अपराधिक समूहबीच बुधबार भएको भिडन्तमा कम्तिमा १६ जनाको मृत्यु भएको छ ।

प्रहरी र अपराधिक समूहकाबीच भएको गोली हानाहानमा परी मारिनेमा १० जना अपराधीक समूहका र ६ जना प्रहरी अधिकारीहरू रहेका जनाइएको छ ।

मेस्किकोको गुइरेरो राज्य अन्तर्गत पर्ने तटीय क्षेत्र झिहाउतानेगोमा भएको भिडन्तमा उनीहरू मारिएका अधिकारीहरुले जानकारी दिएका छन् ।

गुइरेरोका सुरक्षा प्रवक्ता रोबर्ट अल्भारेज हेरेडियाले सो घटनामा मानवीय क्षति नै मंगलबार दिउसो पुष्टि गरेको बताएको छ ।

ड्युटीमा खटिएका प्रहरीलाई अपराधीक समूहको तर्फबाट पहिला आक्रमण भएको र पछि प्रहरीले जवाफी कारबाही गरेको सुरक्षा प्रवक्ताको भनाई छ । दुई पक्षकाबीचमा झण्डै ३० मिनेट भिडन्त भएको थियो ।

राज्यका महान्यायाधिवक्ताले घटनाका बारेमा अनुसन्धान गरी यस्ता घटना दोहोरीन नदिनका लागि आवश्यक व्यवस्था गर्न निर्देशन दिएको छ ।

गुइरेरो पछिल्लो दुई वर्षमा अत्याधिक धेरै हिंसा हुने मेक्सिकोको राज्य हो । यस अवधिमा यस राज्यमा मात्रै २२ सयभन्दा बढीको मृत्यु भइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here