•  
  •  
  •  
  •  
  •  
  •  
  •  

रौतहट चन्द्रनिगाहपुरमा रहेको जनज्योति बहुमुखी क्याम्पसका प्रमुखलाई विद्यार्थीले कार्यकक्षमै थुनेका छन् ।

चन्द्रपुर नगरपालिका–५मा रहेको जन ज्योति बहुमुखी क्याम्पसका प्रमुख दुर्गा दाहाललाई  बिहीबार विहान स्वतन्त्र विद्यार्थी युनियनका पदाधिकारीहरुले विद्यार्थीको भविष्यसँग खेलवाड गरेको भन्दै चार घण्टासम्म उनकै  कार्यकक्षमा थुनेको हो ।

क्यापसमा स्नातक तह तेस्रो वर्षमा अध्ययन गराइएको विषय बाहेक अन्य विषयको परीक्षा दिन बाध्य पारेको भन्दै विद्यार्थी युनियनले दाहाललाई थुनेको बताए । जनसंख्या विषय अन्तर्गत वेसिक पब्लिक हेल्थ विषयको अध्ययन अध्यापन भएपनि  परीक्षामा फाउन्डेशन  अफ सेक्शुअल रिप्रोडक्टिव हेल्थ एजुकेशन विषयको परीक्षा दिन बाध्य पारेर विद्यार्थीको भविष्यसँग खेलवाड गरेको एक विद्यार्थीले बताए ।

शिक्षा शास्त्र शंकायको तेस्रो वर्षमा जनसंख्या विषय अध्ययनरत  २२ जना विद्यार्थीहरुको वर्ष भरीको परिश्रम खेर गएकोले स्वतन्त्र विद्यार्थी युनियनले ताला लगाउन बाध्य भएको स्ववियुका उपसभापति गोपाल हुमागाईले बताए ।

यस घटनाको सत्यतथ्य पत्ता लगाउन सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा व्यवस्थापन समितिका अध्यक्ष शशि बिनोद काफ्ले एवम स्ववियु सभापति संगम श्रेष्ठ सम्मिलित तीन सदस्यीय  छानबिन समिति गठन गरिएको छ । ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी शान्तिराज कोइराला सहितको टोली क्याम्पसमा पुगेर सो विषयको छानबिन गर्ने र हुने बताएपछि क्याम्पस प्रमुखलाई क्याम्पस बाहिर निकालिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here