•  
  •  
  •  
  •  
  •  
  •  
  •  

बाँके । नेपालगन्जको त्रिभुवन चोक हरेक दिन विहानैदेखि भरिभराऊ हुने गर्छ । आमसभा जस्तो देखिने गरि लाग्ने भीड अन्य केहीका लागि नभएर काम खोज्ने मजदूरहरुको भीड हो ।

 

विहान ७ बजेदेखि नै मजदुरी गर्नेको मोल मोलाई हुने ठाउँको रुपमा चिनिने त्रिभुवन चोक विहानैदेखि भरिभराउ हु्ने गर्छ । खानासहित पुग्ने गरेका मजदूरहरु आ आफ्नै हिसावले मजदुरी लिन आउने ठेकेदारसंग मोलमोलाई गरिरहेको दृश्य सामान्य बनिसकेको छ । सयौको संख्यामा रहेका मजदुरहरु हरेक दिन फरक फरक ठाउँमा काम गर्न जाने गरेका छन् । विहानै उठेर खाना बोकेर त्रिभुवन चोक पूग्ने गरेका बर्दिया बढैयाताल गाउँपालिकाका राजाराम थारु पाए काम गर्ने नत्र त्यसै बस्नु पर्ने विवशता सुनाउछन् ।

त्रिभुवन चोकबाट ठेकेदारले लैजाने बेला बढी भन्ने तर पैसा दिने बेलामा कम दिने गरेका आम मजदूरहरुको गुनासो छ । भारतको बाबागञ्जका बव्लु मिस्त्रीले विगत ५/६ सालदेखि १६ किलोमिटर लामो दुरी पार गरेर हरेक दिन नेपालगन्जको त्रिभुवन चोकमा आइपुग्छन् काम खोज्न । तर महिनमा १५ दिन मात्र काम पाउने बाँकी १५ दिन खाली बस्नु परेको गुनासो उनको छ ।

यस्तै भारतको बाबागञ्जबाट धाउने रसिद अहमद पनि कालीगढको काम गर्दै आएका छन् । उनले ६ सय देखि १२ सय सम्ममा सुख्खा काम पाउने गरेको बताउछन् ।

बर्षौदेखि कामको लागि नेपालगञ्जको त्रिभुवन चोकमा धाउन बाध्य मजदूरहरुले हरेक दिन फरक खाले ठेकेदार भेट्छन् । जस्तो सुकै काम पाएपनि गर्नै पर्ने बाध्यता भएकाले काममा निस्केपछि काम गरेरै फर्किने गरेको कामदारहरुको भनाई छ । नेपालगञ्जको त्रिभुवन चोकमा हरेक दिन बाँके, बर्दिया, दाङ, सुर्खेत र भारतका बिभिन्न स्थानबाट कामका लागि मजदूरहरु भेला हुने चलन बर्षौदेखिको कायम छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here