• 2
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टीमा समस्या सुरु भएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच व्यवहारमा समान हैसिएत नभएको भन्दै पूर्व माओवादीहरु असन्तुष्ट बनेका छन् ।

पूर्वएमालेहरु पनि यो कुरा स्वीकार गर्छन् । पार्टीको कार्यदिशमा समेत स्पष्ट नहुँदा कार्यकार्ताहरुमा अन्योल देखिएको कतिपय बताउँछन् । २०७५ जेठ ३ गते समान हैसियतमा दुई अध्यक्षको भूमिका हुने गरी एमाले र माओवादी केन्द्रबीच एकता भएको उनीहरुकै सहमतिले देखाएको छ ।

तर, व्यवहारमा प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष केपी शर्मा ओली हावी भएपछि पुष्पकमल दाहाल आफैं असन्तुष्ट रहेको विभिन्न कार्यक्रममा दिएको अभिव्यक्तिबाट प्रष्ट भएको छ ।

केन्द्रीय सचिवालयको बैठक होस् वा अरु कार्यक्रममा अध्यक्ष ओली ‘फस्र्ट म्यान’ अर्थात पहिलो व्यक्तिका रुपमा प्रस्तुत हुन थालेपछि पूर्वमाओवादीमा शंका सुरु भएको छ । पूर्व एमालेका नेताहरु पनि यो प्रवित्तिले पार्टीमा ध्रुविकरण बढ्ने स्वीकार गर्छन् ।

अध्यक्षको भूमिकामा मात्र होइन, ओली पार्टीको विधान मान्न समेत तयार नभएको भन्दै माधव नेपाल समूह पनि असन्तुष्ट छ । पार्टीको विधानले ‘एक व्यक्ति, एक पद’को नीति लिएपनि प्रदेश ५ का मुख्य मन्त्री रहेका नेता शंकर पोखरेल र गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङलाई प्रदेशको इञ्चार्ज बनाइएको भन्दै असन्तुष्टि छ । यसले पार्टीलाई समस्यामा पार्ने केही नेताहरु बताउँछन् ।

दुई पार्टीविच भावनात्मक एकता हुन नसकेको र संसदीय दल समेत बेग्ला बेग्लै रहेको अवस्थामा दुई पार्टीका घुलन हुन नसकेको बताउँनेहरु पनि छन् । राजनीतिक विश्लेषकले पनि नेकपामा राजनीतिक भागबण्डा नै समस्या भएको बताउँछन् ।

अध्यक्षद्वय पटक–पटक छलफलमा बस्ने गरेपनि निष्कर्ष अझै निस्किन सकेको छैन । पार्टीको सांगठनिक एकता नटुंगिदा नेकपाका नेता÷कार्यकर्ता अन्योलमा परेका छन् ।

  • 2
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here