काठमाडौँ | सोमबारबाट २१ घण्टा सञ्चालन गर्ने गरी तयारी भइरहेको विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले जानकारी दिए । ‘अहिले धावनमार्गको काम करीब सकिएको छ’, उनले भने, ‘अब ट्याक्सी वे र अन्य काम भने वर्षाको समय सकिएपछि मात्र शुरु हुन्छ ।’
धावनमार्ग पुनस्र्थापना गर्न १४ घण्टामात्र सञ्चालनमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सोमबारदेखि २१ घण्टा खुल्ने भएको छ ।
करीव ४० वर्ष पुरानो धावनमार्ग मर्मत गर्न गत १८ चैतदेखि त्रिभुवन विमानस्थल १४ घण्टा मात्र सञ्चालन गरिएको थियो । विमानस्थल राति १० बजेदेखि बिहान ८ बजेसम्म बन्द थियो । यस अवधिमा त्रिभुवन विमानस्थलबाट हुने उडान अवतरण करीव २० प्रतिशतले कटौती भएको थियो ।