प्रितम गोले तामाङको अति नै ठट्यौली शब्दले भरिएको र गयाक तथा संगीतकार अनिश योञ्जनको “हामी त् झिल्के तामाङ हो, अलिअलि जुल्फी पालेको” गित अहिले निकै नै चर्चामा रहेको छ भने युट्युवमा पैतालिस न. को ट्रेन्डिङमा परेको छ त्यस्तै तामाङ् सेलोको इतिहासमा पनि छोटो समयमा नै ट्रेन्डिङ भएको हो ।
भीमफेदी गायज द्वारा निर्मित यो भिडियो मुस्ताङ्, जोमसोम र मार्फाको रमणीय स्थलमा छयांकन गरिएको हो, संगीतकार तथा गायक अनिश योञ्जनले धेरै नै मिठो आवाज दिएका छन् भने उत्तिकै उत्कृष्ट संगीत पनि भरेका छन् । योंजनले यो भन्दा अगाडी पनि दर्जनौ शब्दहरुमा संगीत भरिसकेका छन् जुन लोकप्रिय तथा चर्चित गायक गायिका स्वरुप राज आचार्य, शिव परिवार र अन्जु पन्तले समेत स्वर देइसकेका छन् । योञ्जनको फेरी पनि अर्को एकल संगीतमा अर्को एल्बम “आगमन” आउदै गरेको बताएका थिए ।
सुन्दर लामा द्वारा मिक्सिङ्ग एरेन्जर भएको यो “जुल्फी” बोलको गित स्वरलिपि स्टुडियोमा रेकार्ड गरेका हुन् । अहिलेको चर्चित भीमफेदी गायज र जताततै बेस्ता रहेकी नवमोडल निरनजलि लामाको आकर्षक अभिनय द्वारा यति खेर झन्नै दुई लाख दर्शकहरुको ध्यान तान्न सफल भएको देखिन्छ। संगीतकार आफै पनि अभिनयमा देख्न सकिन्छ, यो भिडियो भीमफेदी गायज च्यानल बाट सार्बजनिक गरिएको हो ।
“जुल्फी”
“हामी त् झिल्के तामाङ हो, अलिअलि जुल्फी पालेको”
पुरा भिडियो हेर्नुस ।