तेमाल – तेमाल गाउँपालिकामा सिलाई व्यावसाय गरि बसिरहेका ११ जना दलितहरूलाई सिलाई मेसिन वितरण गरेको छ ।
तेमाल गाउँपालिकाको आर्थिक वर्ष ०७५/७६ को वार्षिक बजेटबाट दलित लक्षित कार्यक्रम अन्तर्गत सिलाई मेशिन अनुदान स्वरूप सिलाउने मेसिन वितरण गरिएको हो ।
मेसिन वितरण गर्दै तेमाल गाउँपालिकाका अध्यक्ष सलाम सिँ तामाङले दलितलाई आत्मनिर्भर बनाउनका लागि अनुदान स्वरूप मेसिन हस्तान्तरण गरिएको बताए ।
गाउँपालिका अध्यक्षको सभाध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष दुर्गा माया तामाङ, प्रमुख प्रशासकीय अधिकृत नवीन लामा,तेमालका गाउँपालिकाका सबै वडाका वडा अध्यक्ष हरूको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको सुचना अधिकृत उज्ज्वल लामाले जानकारी दिएको हो ।