• 11
  •  
  •  
  •  
  •  
  •  
  •  
    11
    Shares

लगातारको वर्षाले काठमाडौं उपत्यकासहित देशभरको जनजीवन अस्तव्यस्त बनेको छ । वर्षासँगै आएको बाढी र पहिरोले मुलुकभर १६ जनाको मृत्यु भएको छ ।

बाढी पहिरोमा परेकाको उद्धारका लागि सशस्त्र प्रहरी बलले देशभर दुई हजार भन्दा बढी तालिमप्राप्त जनशक्ति तैनाथ गरेको छ । ‘दुई हजार जनशक्ति तालिम प्राप्त र उनीहरुको सहयोगको लागि अन्य जनशक्ति पनि उद्धारका लागि तैनाथ गरेको छौं,’ सशस्त्र प्रहरी बलका प्रवक्ता डिआईजी सुरज श्रेष्ठले भने ।

यस्तै नेपाल प्रहरीलेसमेत देशभरका प्रहरीलाई उद्धारको लागि अलर्टमा रहन निर्देशन दिएको छ । नेपली सेनाले पनि विपद व्यवस्थापन र उद्धारमा खटिन विभिन्न बाहीनी र गणहरुलाई निर्देशन भएको सेनाका प्रवक्ता सहायक रथि विज्ञानदेव पाण्डेले बताए ।

बाढी र पहिरो क्षेत्रमा आवश्यकता अनुसार सेनाको टोली जाने उनको भनाइ छ ।

  • 11
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here