काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्र्टी (संयुक्त)ले पाच दिनदेखि निरन्तर परिरहेको वर्षाका कारण देशका विभिन्न स्थानमा भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गरेको छ ।
पार्टीका अध्यक्षद्वय डा प्रकाशचन्द्र लोहनी र पशुपतिशम्शेर जवराले संयुक्त रुपमा हस्ताक्षर गरी आज जारी गरेको विज्ञप्तिमा उक्त घटनामा ज्यान गुमाएका मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै आफन्तजन तथा बाढीपहिरोबाट पीडितलाई छिटोभन्दा छिटो उद्धार तथा राहत उपलब्ध गराउन माग गरिएको छ ।
पार्टीका सबै तह का नेता तथा कार्यकर्ता लाइ सहयोग तथा राहत को लागि सहभागी हुना अपिल गरिएको छ