•  
  •  
  •  
  •  
  •  
  •  
  •  

पोखरा । पोखरामा पेन गनसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–२४ घर भई वडा नम्बर ७ मासबार बस्दै आएका सागर रानाभाट रहेका छन् ।

हेर्दा कलमजस्तै देखिने पेन गन र त्यसमा प्रयोग हुने सात थान गोली रानाभाटको साथबाट बरामद भएको प्रहरीले जनाएको छ ।

रानाभाट लागूऔषध कारोबारी भएको पाइएको छ । उनले लागूऔषध सेवन, ओसारपोसार, बिक्री वितरण तथा हतियार समेत बोकी हिँड्ने गरेको सूचनाको आधारमा कास्की प्रहरीले उनीमाथि अनुसन्धान थालेको थियो । उनलाई गत असार ३० गते सोमबार नियन्त्रणमा लिएको थियो ।

उनको डेराबाट केही थान लागू औषध प्रहरीले बरामद गरेको छ । रानाभाटलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख तथा एसपी दानबहादुर कार्कीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here