•  
  •  
  •  
  •  
  •  
  •  
  •  

सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बाँस्कोटाले भगवान् गौतम बुद्धको प्रतिमा “मुर्ति” तोडफोड भएको घटनाले धार्मिक सहिष्णुतामा कुनै फरक नपर्ने बताएका छन् ।

बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गर्न सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री जस्तो जिम्मेवारि व्यक्तिले उक्त कुरा गरेका हुन्, हुन् त् पटक पटक प्रधानमन्त्री केपी शर्मा वली संगै बेला बेलामा चर्चामा आएका बास्कोटा पनि एक सरकारी ब्यक्ति नै हुन् । उनले घुमाउरो र सरल तरिकाको भाषामा भनेका छन् बुद्ध प्रतिमाहरु तोडफोड गर्नेको खोजी भइरहेको र दोषीहरुलाई कानुनको दायरामा छिट्टै ल्याउछौ ।

केहि दिन अगाडी बुटवल बेलहिया सडक खण्डको तिलोत्त नगरपालिकाको ६ लेन सडक मध्ये भागमा भगवान बुद्दको मुर्ति तोडफोड भएको हो । गत बैशाख १ गते मात्र प्रदेश सरकारका उधोग, पर्यटन बन तथा बाताबरण मन्त्रि लिला गिरीले बुद्दको मुर्तिको अनावरण गरिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here