• 7
  •  
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares

धनकुटा । नेपालकै एकमात्र अलैचि र चियाँ को मात्र अध्यन अनुसन्धान गर्ने राष्ट्रिय व्यवसायिक कृषि अनुसन्धान केन्द्र पाख्रिबास धनकुटा ले अलैचि मा लाग्ने रोग तथा किराको न्यूनिकरणका लागि कृषकहरुलाई अलैचिको स्वस्थ विरुवा उत्पादन गरेर विक्रि वितरण गरिरहेका छन् भने चिया को बजारको समस्या समाधानका लागि चिया को गुण र स्वाद तथा नामकरण को लागि अध्यन अनुसन्धान गरिरहेकाछन् ।

कृषि अनुसन्धान केन्द्र सगै रहेको राष्ट्रिय व्यवसायिक कृषि अनुसन्धान केन्द्र पाख्रिबास धनकुटाले पाहाडि भेगका १४ ओटा जिल्लाको अलैचि र चिया कोे मात्र अध्यन अनुसन्धान गर्ने गरेका छन् । आर्थिक वर्ष २०७५ ।७६ मा कृषकहरुलाइ नर्सरिमा अलैचिको विरुवा उत्पादन गरेर २ हजार विक्रि वितरण गरिएको राष्ट्रिय व्यवसायिक कृषि अनुसन्धान केन्द्र पाख्रिबास धनकुटा का प्राबिधिक प्रमुख महेन्द्र प्रसाद यादव ले जानकारी दिनुभयो । त्यस्तै गरि अलैचिको जातहरुमा रामसाहि जिर्मले र चिपसाहि को विरुवा वितरण गरिएको प्राबिधिक यादव ले बताए ।

त्यस्तै चिया मा साँढे सात सय ५० विरुवा विक्रि वितरण गरिएको र वितरण गरिएको चियाँको जातहररुमा अनुसन्धान परिक्षण गरेर उत्पादन बढि दिने ह्यापि भ्यालि , र पिउदा स्वाद मिठो हुने फुपुछिरीङ जातका चियाको विरुवा किसानलाई रोप्न दिएको प्रबिधिक यादवले जाकारी दिएको छ । साथै आर्थिक वर्ष २०७६। ७७ मा कृषकहरुलाई ३० हजार विरुवा अलैचिको विरुवार चियाको २ हजार विरुवा उत्पादन गरेर विक्रि वितरण गर्ने योजना रहेको राष्ट्रिय व्यवसायिक कृषि अनुसन्धान केन्द्रका प्राबिधिक यादव ले जानकारि दिएको छ ।

साथै व्यवसायिक कृषि अनुसन्धान केन्द्र आफैले पनि अलैचिको कुन जातले कति उत्पादन दिन्छ ?, मलखाद कति लाग्ने ? , गोटमेल , रोग किरा न्यूनिकरण गर्नका लागि अनुसन्धान परिक्षणका लागि ५सय ५४ वटा अलैचिको विरुवा लगाईएको जानाएको छ । अहिले अलैचि बालिमा देखिएको रोगहरु मध्य बढि किसानहरुको अलैचि बालि सखाप पार्ने रोग फिजाडिएम ढुसिको जिवाणु बाट हुने रोग न्यूनिकरण नियनत्रण गर्नका लागि प्राथमिक्ता दिएर ढुसि जिवाणु बाट लाग्ने रोग फिजाडिएम र किरामा गबारो किराको अध्यन अनुसन्धान भईरहेको प्राबिधिक यादव ले जानकारि दिनुभएको छ ।

त्यस्तै गरि चिया को बजार समस्या समाधान तथा व्यवस्थापन गर्नका लागि हाते चियाँ बनाउने तरिका र सोलार ड्रायर को माध्यम बाट बनाउदा राम्रो देखिने र सोलार ड्रायर मा सुकाएर तयारी चियाँ तयार पार्दा धेरै लगानि नग्लाग्ने तरिकाको अनुसन्धान परिक्षण भईरहेको प्राबिधिक यादव ले बताए | त्यस्तै गरि उहाँ ले अहिले नेपालको चियामा रहेको बजारको समस्या नेपालको चिया को गुण र स्वादको बारेमा अन्य मुलुकलाई जानकारि दिन नसक्दापनि बजारको चिया किसानलाई समस्या भइरहेका ले नेपालको आफन्नै गुण चियाको स्वाद तथा नामकरण को लागि पनि अध्यन अनुसन्धान भईरहेको जानकारि दिएको छ ।

अहिले भईरहेको अनुसन्धानको नतिजा अब को ३ वर्ष भित्र आउने गरि अध्यन अनुसन्धान भईरहेको र अन्य समस्याको लागि भने सधै भरि नयाँ विषयमा अध्यन अनुसन्धान जारीरहने अलैचि र चिया को राष्ट्रिय व्यवसायिक कृषि अनुसन्धान केन्द्र पाख्रिबास धनकुटाले जनाएको छ ।

  • 7
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here