चलचित्र क्षेत्रमा अभिनय र हरेक चलचित्रको कथा लेखन बाट सामाजिक, साँस्कृतिक पक्षलाई सधै संरक्षण र सम्बर्दनको लागि खटिरहेका नायक ऋतुराज पाख्रिनको साहित्य कृति बलात्कृत साहित्य कविता सङ्ग्रह एक हप्ते वाचन गरि उक्त कृतिबाट संकलित रकम दुइटै मृगौल पिडित उर्मिला तामाङ्गलाई हस्तान्तरण गरिएको छ ।
बौद्द परिसरमा साउन १ गते देखि साउन ७ गते सम्म अभियन्ता चन्द्रजित मोक्तान र अन्य समाजसेवीहरुको अगुवाईमा खुल्ला कविता सङ्ग्रह वाचन गरिएको थियो । कविता सङ्ग्रहको सर्जक एक चलचित्र लेखन र कलाकार मात्र नभई साहित्य क्षेत्रमा पनि छुट्टै महत्व बोक्ने सर्जक हुन् । समसामयिक घटनमा आधारित सिर्जना गरिएको यो कृतिले पाठकहरुको चित्त बुझाउनेछ । सामाजिक विसंगति र पुरुस्त्वको अहंमतालाई नियन्त्रण गरिनेछ भन्ने यस कृतिबाट सजिलै बुझ्न सकिन्छ ।
नँयाबस्ति स्थित एक क्याफेमा पत्रकार सम्मेलन गरि उक्त रकम पिडितलाई बुझाइएको हो । एक साता भित्र कविता सङ्ग्रह वाचन गर्दा धेरै कष्ट भएको र लगभग दुई लाख रकम संकलन भएको पत्रकार सम्मेलनमा कार्यक्रम प्रस्तोता सुदिन दोङले बताए । उक्त संकलित रकम कार्यक्रमको प्रमुख अथिति तामाङ चलचित्र जगतको खलनायक तथा समाजसेवी बिकु थोकरबाट पिडितलाई हस्तान्तरण गरिएको हो । सम्मेलनमा बौद्द बासि पत्रकार तथा समाजसेवी चन्द्रजित मोक्तानको सभापतित्वमा कार्यक्रम समापन भएको थियो ।
मृगौला पिडित उर्मिला तामाङ दोरम्बा गाउ पालिकाका हुन् उनीलाई आफ्नै श्रीमान रेशम तामाङले मृगौल दान गर्ने भएका छन् । मृगौला प्रत्यारोपण गर्न अझै केहि रकम आवश्यक रहेकोले मृगौला पिडित उर्मिला बचाउ एक हप्ते खुल्ला कविता वाचन २०७६ बाहेक भक्तपुर स्थित शुभकामना पार्टी प्यालेसमा साउन १८ गते सहयोगार्थ साँस्कृतिक कार्यक्रम गर्ने सुदिन दोङले बताए ।