•  
  •  
  •  
  •  
  •  
  •  
  •  

धनकुटा । अविरल वर्षाकारण धरान धनकुटा केशी राजमार्ग को विभिन्न भागमा पहिरो गएर अवरुद्ध भएको सडक पहिरो खस्ने क्रम नरोकिदा अझैपनि यात्रा गर्न यात्रुहरुलाई समस्या भएको छ । निरन्तर बर्षाका कारण पहिरो खस्दा सुक्रबार बिहान देखि धरान धनकुटा कोशी राजमार्गा को विभिन्न भागमा पहिरो गएर अवरुद्ध भएको सडक सुक्रबार साँझ बाट एक तर्फी सडक सवारी साधन चल्ने गरी खुलाइएको थियो ।

कोशी राजमार्गमाअन्तरगत पर्ने धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं. ६ लावरबोटेमा पहिरोले सडक अवरुद्ध भएपछि राजमार्ग अवरुद्ध भएको थियो । सडक माथि बाट खसेको पहिरोलाई स्काइभेटरले पन्छाएपछि सो ठाउँमा एक तर्फी रुपमा सडक खुलाइएको हो । वर्षा हुने क्रम नरोकिएका कारण शनिबार पनि पूर्ण रुपमा बाटो खोल्न प्रयास गरेपनि बाटो खोल्न नसकिएको धनकुटाका प्रहरी प्रमुख सुदर्शन कोईरालाले बताउनु भयो ।

शनिबार अपहारण ४ बजे सोहि स्थानमा पहिरो खसेका ले केहि समय बाटो बन्द भएपनि डोजर ले पहिरो पन्छ्याएर एक तर्फि रुपमा सञ्चानल गर्न सफल भएको जिल्ला प्रहरी कार्यलय प्रमुख कोइरालाले जानकारी दिनु भयो । पहिरो पन्छ्याउने कार्य जारी रहेपनि माथि बाट पहिरो खस्ने क्रमजारी रहेकाले पहिरोजान छोडेपछि मात्र पुरै सडक सञ्चालन हुने जिल्ला प्रहरी कार्यलय ले जनाएको छ ।

अवरुद्ध खुले पनि ढुक्क भएर हिड्ने अवस्था नरहेको ले कुनै पनि वेला पहिरो झर्ने भएकाले यात्रामा रहने सवै सवारी चालकहरुलाई होसिरयारी पूर्वक को यात्रा गर्न सबैलाई आग्रह गरेका छन् । त्यस्तै लगातारको वर्षाको कारणले कोशी राजमार्गका १ दर्जनभन्दा बढी स्थानमा पहिरो खसेको छ । राजमार्गमा पहिरो खसेर सडक पूर्णरुपमा सञ्चान हुन नसक्दा धनकुटा, तेह्रथुम, भोजपुर, संखुवासभा लगायत पहाडी जिल्लाहरु बाट  लामो दुरीको लागी चल्ने सवारी साधनहरु मारमा परेकाछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here