सरकारले २०२० लाई नेपाल भ्रमण बर्ष घोषणा गरे लगत्तै नेपाल तामाङ बोम्बो संरक्षण समाजले पनि त्यस पर्यटक बर्षलाई मध्यनजर राख्दै अन्तरास्ट्रिय बोम्बो सम्मेलनको घोषणा गरेको छ । राजधानीको माले गाउ स्थित ट्रेकिङ एजेन्सिस एसोसिएसन “टान” मा पत्रकार सम्मेलन गरि उक्त कुरा सार्बजनिक गरिएको हो ।
हाम्रो नेपाली समाजमा धार्मिक तथा साँस्कृतिक प्रमुख पात्रोको रुपमा, घर समाजको कुल पुजाको रुपमा र प्राकृतिक पुजारीको रुपमा बोम्बोलाई लिने गरिन्छ भने एकथरीले अन्धविश्वासी को रुपमा पनि लिने गरिन्छ । बोम्बो एउटा तान्त्रिक विधाको शक्तिशाली पात्र पनि हो । प्रायजसो यो तामाङ समाजमा बिश्वासको साथ् लिईने गर्दछ । अझ भनौ बोम्बोले बोम्बोको हरेक जिबनको हरेक पाटोलाई साह्मलने गर्दछ रोचक पाटो त् बोम्बोको संस्कार बोम्बोले गरे पश्चात मात्र लामाले गर्ने गर्दछ , त्यस क्रममा मृत्यु हुदा कुन लोकमा गएको, कति बेला जलाउने , कति बेला लास निकाल्ने र कहिले अन्तिम संस्कार गर्ने यथावत कुराहरु बोम्बोलाई नै मृत आत्माले भन्ने गरेको पाइन्छ ।
त्यस्तै यो समाजले पनि यस बोम्बो धर्मको संरक्षण संस्कारलाई सम्बर्दन र आगामी बर्षको लागि पर्यटन प्रबर्दनको लागि आगामी पुष १४/१५ मा उक्त अन्तरास्ट्रिय सम्मेलनको घोसणा गर्न गैरहेको हो । समाजको भनाइनुसार बोम्बो शब्द प्राचिन तिब्बको प्रचलित पुरानो “प्वोपा” धर्मको “प्वोपा” शब्द अपभ्रंश भाई “पोन्पो” र “बोम्बो” हुदै बोन भएको बुझिन्छ । समाजले देशमा कुनै पनि तिर्थस्थलहरु र धार्मिक स्थलहरु बोम्बोहरु बिना नसुहाउने र त्यसैको लागि तिर्थालु र भक्तजनहरु को घुइचो हुने गर्दछ । यसलाई पर्यटकले पनि बिशेस महत्वको साथ् लिइन्छ । त्यसैले पनि प्राकृतिक धार्मिक साँस्कृतिक संग बोम्बोको परिपुरक रहेको बताए । बोम्बो हरु समाजमा दुई किसिमको रहेको र गलत बोम्बोको कारणले सहि बोम्बोको पनि महत्व घट्दै गैरहेको बताउछन । त्यसैले पनि यस बोम्बो समाजले समाजमा रहेको बदनामी बोम्बोहरुलाई निर्मुल पार्दै सहि बोम्बोहरुलई एकीकृत गर्दै राष्ट्रिय बोम्बोहरुको सहभागितामा अन्तरास्ट्रिय बोम्बोहरुलाई नै एकीकृत गर्दै सम्मेलन गर्न लागेको बताउछन ।
सम्मेलनमा बोम्बो संस्कृति, आदिबासी जनजाती पहिचान मात्र नभएर नेपालकै साँस्कृतिक अभिन्न अंगको रुपमा प्रस्तुत गर्न गैरहेको हुदा उक्त सम्मेलनमा युरोप र सार्क रास्ट्रका बोम्बोहरु गरि हजार भन्दा बेसी बोम्बोहरुको सहभागिता गराउने योजना रहेको र यस सम्मेलनले रास्ट्रको कला, बोन संस्कार, संस्कृति सम्बन्धि विश्वमा चिनाउन उल्लेखनिय भूमिका खेल्ने समाजको उद्देश्य रहेको छ ।
सम्मेलनमा बोम्बोहरुले इतिहास देखि हाल सम्म प्रयोग गर्दै आइरहेको सामग्रीहरु पनि जस्तै ड्याङ्ग्रो गजा, घन्टी माला, रुद्रक्ष माला, रिठा माला, बुद्दचित्ता माला, हर्बोटे माला, बिरु माला, सेल माला, सर्पको हड्डीको माला, दोर्जे, चेरू, त्रिशुल, शंख, कर्ता, बर्जा, कलस(बुम्बा), फुर्वा, कङलिङ, डमरु, जामापगरि, धुपौरो समेत प्रदर्शन तथा बिक्रिका लागि राख्ने भएका छन् । यसले पनि पर्यटकीय को ध्यान तान्न सकिने समाजको बुझाई छ ।
सम्मेलनको लागि जर्मन, भुटान, भारत, बर्मा र चाइना लगायत अन्य देशहरु बाट बोम्बोहरुको उपस्थिति रहने भएकाले करिब पैतिस लाख बराबरको अनुमानित खर्च लाग्ने बोम्बो समाज बताउछन । उक्त सम्मेलनलाई ट्रेकिङ एजेन्सिस एसोसिएसन “टान” ले समन्वय गर्न लागेको नेपाल तामाङ् बोम्बो संरक्षण समाज बताउछन ।