•  
  •  
  •  
  •  
  •  
  •  
  •  

नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले प्रेस वक्तव्य जारी गर्दै आफ्नो पार्टीले  बुधबारका लागि आह्वान गरेको काठमाडौँ उपत्यकासहित बागमती, नारायणी र जनकपुरका रामेछाप र दोलखा जिल्ला बन्द कार्यक्रम भव्य रूपमा सफल भएको जनाएको छ ।प्रवक्ताले सङ्घर्षका विभिन्न कार्यक्रम र बन्द सफल पार्न सघाउने आम जनसमुदाय, शैक्षिक–व्यापारिक तथा यातायातसँग सम्बन्धित निकायहरू, उद्योगी–व्यवसायी, नागरिक समाज, बुद्धिजीवी, समर्थक, शुभचिन्तक एवम् पार्टी पङ्क्तिप्रति पार्टीका तर्फबाट धन्यवाद र आभार प्रकट गरिएको हो  ।

देशव्यापी दमन, षड्यन्त्र र हत्यामा उत्रिएको राष्ट्रघाती, व्यभिचारी, लुटेरो, दलाल, हत्यारो, गुण्डा नायक केपीवली सरकार र प्रहरीभित्रको बदनाम गिरोहले यही साउन ४ गते राति नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य, उपत्यका ब्युरो इन्चार्ज तथा सांस्कृतिक मोर्चाका इन्चार्ज कमरेड माइला लामा ‘प्रज्वल’लाई गिरफ्तार गरी नाङ्गो झूट र नक्कली बहानामा जेल चलान गरेको घटनाविरुद्ध नेपाल कम्युनिस्ट पार्टीले घोषणा गरेका सङ्घर्षका विभिन्न कार्यक्रम र साउन १५ गतेको काठमाडौँ उपत्यकासहित विभिन्न जिल्लाहरु बन्द कार्यक्रम भव्य रूपमा सफल भएको र बन्दको सफलताले केपी–पीके–रामबहादुर मण्डलीले नेकपाका नेता–कार्यकर्तामाथि लगाउँदै आएको झूट्टा आरोप पूर्णतः खारेज भएको प्रमाणित गरिएको प्रवक्ता “प्रकाण्ड” द्वारा बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

हाम्रो पार्टी वली–वादल मण्डलीका यस प्रकारका इतिहासकै तानाशाहहरूको हर्कतलाई ओझेल पार्ने निरङ्कुश र आततायी गिरफ्तारी एवम् दमनको निन्दा र घोर भत्र्सना गर्दछ र माइला लामालगायत अन्यायपूर्वक जेल र हिरासतमा राखिएका सम्पूर्ण कमरेडको रिहाइको माग गर्दछ भन्दै प्रचण्ड–बाबुरामको बेइमानी र पलायन, संसद्वादीहरूको यथास्थितिवादी चिन्तन र विदेशी शक्तिकेन्द्रको हस्तक्षेपमा देश र जनतामाथि लादिएको प्रतिक्रान्तिका विरुद्ध हाम्रो पार्टीले लगातार सङ्घर्ष गर्दै आएको छ । देश झन्झन् राजनीतिक सङ्कटतिर फस्दै गएको छ भनेर बिज्ञप्तिमा जारि छ ।

नेपाल बन्द सफल भएको बिज्ञप्ति । नेकपाका प्रवक्ताले बन्द सफल पार्न सघाउनेलाई आभार प्रकट ।

वक्तव्यको पूर्ण जानकारी :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here