• 6
  •  
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares

काठमाडौं – हामी नेपाली  नेपालले आफ््नो कार्यालय उद्घाटन गरेको छ । धुम्बराहि स्थित ह्याम्स अस्पताल नजिकै रहेको उक्त कार्यालयलाई हामी नेपाली  नेपालका अध्यक्ष विमल कुमार खड्काले रिवन काटेर कार्यालयको उद्घाटन गरेका हुन । हामी नेपाली ग्लोबल अन्तराष्ट्रिय कार्यसमितिका वोर्ड अफ डिरेक्टर चिरञ्जीवी गौतम लगाएतको उपस्थिीतीमा कार्यालयको उद्घाटन भएको हो ।

उद्घाटन समारोहमा बोल्दै चिरञ्जीवी गौंतमले हामी नेपाली ग्लोबल र हामी नेपाली राष्ट्रिय परिषद नेपाल एक साथ मिलेर अगाडी बढ्नु पर्ने बताए । उनले नेपाल र नेपालीको वृहत्तर हित र दिगो विकासका लागी संस्था जनता र सरकारको पुलको रुपमा रहेर काम गर्नु पर्ने बताए । उनले भने ‘हामी नेपाली राष्ट्रिय कार्यसमितिले देशभित्र उत्पादनका क्षेत्रहरुको पहिचान गरेर उत्पादकत्व वृद्धि गर्ने खालका योजना ल्याउँ । नेपाली युवाहरुलाई विदेश पलाएन हुन बाट रोक्ने खालका योजना हरु अगाडी साह्रौ जसले रोजगारको सृजना गरोस ।’

गौतमले नेपालको आर्थिक वृद्धिदरमा उल्लेख्य सुधार एव्म सकरात्मक हुने खालको नभएको औल्याउदैं देश संकटमा फस्न सक्ने औल्याए । उनले देशमा विभिन्न समानहरु निर्यात भन्दा आयात कैयौ गुणा बढि भएको भन्दै देश उत्पादनको क्षेत्रमा खाक्रो रहेको टिप्पणी गरे । उनले हामी नेपाली ग्लोबलले नेपालका विभिन्न ठाँउहरुको अध्ययन अनुसन्धान गरी ठुला पाइलट प्रोजेक्टहरु लन्च गर्ने तयारीमा रहेको समेत जानकारी दिए उनले भने म केहि समय कृषी सम्भाव्यता अध्ययनको लागी विभिन्न जिल्लाहरुमा गए तर त्यहाँ दिगो विकास र उत्पादन एव्म आत्मनिर्भर बन्ने क्षेत्रमा भन्दा होटल रेष्टुराहरुमा करोडौंको लगानी गरेको देखे । कृषमा अत्यान्तै संभावित हाम्रो देश ८० प्रतिसत जनता कृषक भन्यौ तर छाक टार्नकै लागी मात्र कृषी गरेको पाइयो । व्यवसायिक रुपमा कृषीमा मनखोलेर आवद्ध भएको पाईएन , एकै व्यक्ति ले धेरै व्यवसाय गरेको देखियो । त्यसैले कृषकलाई बजार व्यवस्ीथापन देखी लगानी मैत्रि वातवरण बनाएर लगानी गर्न सके कृषीका हामी फड्को मार्न सक्थ्यौं । त्यस्ता क्षेत्रहरुमा हामी नेपालीले लगानी गरी देश भित्रै युवाहरुलाई रोजगार दिन सक्ने खालका योजना लन्च गर्न लगेका छौं ।’

गौतमका अनुसार हामी नेपाली ग्लोबल देशमा केही गरौं, स्वदेशमै रोजगारी बनौं भन्ने युवा उद्यमीहरुलाई सहयोग गर्न हरदम तयार रहेको बताए । प्रवासमा रहेका नेपालीहरुले नेपालमा लगानी गरी देशको आर्थिक वृद्धिमा टेवा पु¥याउन चाहान्छन् त्यस्ता लगानी कर्ताहरुलाई समेत हामी नेपालीमा आबद्ध बनाई अगाडी बढ्ने योजना अनुरुप हामी नेपाली ग्लोबल अगाडी बढेको उनको भनाई थियो ।

सोही कार्यक्रममा हामी नेपाली ग्लोवलका नेपाल काउन्सुलर नारायण श्रेष्ठले म नभई हामीको भावना अनुरुप कार्य गर्न आग्रह गरे । उनले नेपाली राजनीतिज्ञलाई दोष थुपारेर आफुले केही नगर्ने परिपाटीको अन्त्य गरी देश विकासको लागी हामी आफुहरु पनि जागरुक हुनु पर्ने बताए । काउन्सुलर श्रेष्ठले के के मा गर्ने कुन कुन क्षेत्र ठाँउ निर्धारण गर्ने भन्नेबारे संस्थाले कार्यहरुको पहिचान गरी अगाडी बढ्नु पर्ने उल्लेख गरे । ‘जवसम्म हामी आत्म निर्भर हुँदैनौ तबसम्म देशले फड्को मार्न सक्दैन’ उनले भने ‘त्यसको लागी बोलर होईन काम गरेर देखाऔं’ । श्रेष्ठका अनुसार संस्थाले कृषी क्षेत्रमा भएका विकृती र गैर कानुनी कार्य रोक्ने कार्यमा सरकार र सम्बन्धीत निकायलाई सहयोग गर्नुपर्ने बताए । उनले वास्तविक किसान जहिले पनि पिडित बन्ने र बिचौलीयाले किसान र उपभोक्ता ठग्ने परिपाटी कायम रहेको भन्दै हामी नेपाली  नेपालले सम्बन्धीत किसानलाई उचित मुल्य दिई , विभिन्न आउटलेट मार्फत बजार व्यवस्थापनमा समेत सहयोग गर्न सकिने धारणा राखे ।

त्यस्तै  कार्यक्रममा हामी नेपाली  नेपालका वोर्ड अफ डिरेक्टर संजिव साहले यो सस्था कसैको प्रतिस्र्पधात्मक र विरोधी संस्था नभई देशको लागी एक नागरिकले गर्ने कर्तव्य अनुरुप काम गर्न अगाडी बढेको बताए । शाहले खरायो र कछुवाको प्रसंङ्ग निकाल्दै हतार र हतासका कार्य नगरी कछुवाको गतिमा आफ्ना कार्य सम्पन्न गर्नु पर्ने बताए । उनले भने ‘जसरी कछुवाले आफ्नो गतिलाई एकनासले लग्यो तब उ सफल भयो, कछुवाले खरायोको गति र अहमतालाई पच्छाएन ऊ आफनै गति र आफ्नै आर्दशमा हिड्यो । उसले आफु मात्र खोला तरेन खरायोलाई पनि तार्ह्यो ।’ त्यस्तै गति चाल र आदर्श लिएर यो संस्था अगाडी बढ्ने विश्वास व्यक्त गरे ।

हामी नेपाली  नेपालका अध्यक्ष विमल कुमार खड्काको सभापतित्वमा भएको कार्यक्रममा संस्थाकी उपाध्यक्ष उमा तामाङले स्वागत मन्तव्य राखेकी थिईन भने सचिव मनिष चौधरीले संस्थाका गतिविधिमाथि प्रकाश पारेका थिए । कार्यक्रमको संचालन सोनिया रानाभाटले गरेकी थिईन ।

हामी नेपाली ग्लोवल अन्तर्राष्ट्रिय संस्थाको केन्द्रीय कार्यालय अमेरिकाको न्युयोर्कमा रहेको छ । े धर्म,जातीयता र राजनीतिबाट मुक्त अन्तर्राष्ट्रिय संस्था “हामी नेपाली ग्लोबल”ले विश्वभर छरिएर रहेका नेपालीहरुलाई एकिकृत गदै विभिन्न २५ भन्दा बढि देशहरुमा शाखाहरु विस्तार गरेको छ । संस्थाले ४२ देशहरुमा शाखा गठन गर्ने कार्यलाई तिव्रता दिएको छ । हामी नेपाली  नेपाल हामी नेपाली ग्लोबल अन्तराष्ट्रिय सस्थाको नेपाल शाखा हो ।

 

 

  • 6
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here