•  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ/ मगपौवा तामाङ समाज सेवाले आफ्नो बार्षिक उत्सब तथा साधारण सभा काठमाडौँ को सुकेधारा स्थित नवदुर्गा पार्टी प्यालेसमा दोलखाबाट माननीय सांसद तथा प्रतिनिधि सभाको सदस्य पर्बत गुरुङको प्रमुख आथित्यमा सभाको उद्घाटन गरिएको थियो ।

सभामा नेपाल ताम्बा संघका अध्यक्ष धावा वाङ्गेल मोक्तान र नेपाल तामाङ घेदुङ संस्कृतिको महासचिब छेवाङ तेनजिङ्ग लामा द्वारा सङ् सेरगेम को हवाई प्रस्तुत गर्दै स्वागत गरिएको थियो ।

यो बार्षिक उत्सव तथा साधारण सभा मगपौवा तामाङ समाज सेवाको १३ औ बार्षिक उत्सब र मागपौवा तामाङ गुठी समुहको १२ औ बार्षिक साधारण सभा हो । जसमा सभाको सभापति सोमसेर तामाङ, विशिष्ट अथितिमा  भारत दुलाल, नेपाल तामाङ घेदुङको सचिव रामकृष्ण ब्लोन लगायत र अन्य उपस्थितीहरुको सहभागिता थियो । हरेक बार्षिक उत्सव तथा साधारण सभामा सम्मान कार्यक्रम पनि रहेकाले यस बर्षको साधारण सभाले जेष्ठ नागरिक एक बृद्दलाई सम्मान गरिएको छ ।

संस्थाले मागपौवा तथा हाल शैलुङ गाउपालिका वडा न. ४ बाट काठमाडौँ आएर आफ्नो जिबिकोपार्जनको लागि विभिन्न पेशा ब्यबसाय तथा उच्चा शिक्षा हासिल गर्न स्थायी तथा अस्थाई रुपमा शहरको विभिन्न स्थानमा बसोबास गरिएको समुदाय र ब्याक्तिहरु बीच एकीकृत गरि समाजमा शैक्षिक, धार्मिक, सांस्कृतिक तथा सामाजिक कार्यहरु गर्दै र सम्मान गर्दै आइरहेको छ । गुठि संस्थाले आपतकालीन समयमा आर्थिक तथा भौतिक सहयोग गर्दै आर्थिक समृदि तिर डोर्याउन मागपौवा तामाङ बचत तथा ऋण सहकारी संस्थाको अवधारण समेत तर्जुम गर्दै आइरहेको छ ।

सभामा विशिष्ट अथिति रहेका शैलुङ गाँउ पालिकाको प्रमुख भारत दुलाले यो देश धेरै कष्ट पश्चात देशले नया मुहार फेरेको बताए, देश संघिय लोकतान्त्रिक गणतन्त्रमा गैसकेको छ, नेपाल सानो देश भए त पनि सानो देश भित्र धेरै बिबिधता रहेको छ, धेरै किसिमको भाषाभाषी, धार्मिक र संस्कृतिहरु रहेको यो सानो देश विश्वमा एक मात्र देश हो, त्यसैले सबैको सम्मान गर्नु पर्दछ, सबैले सबैको पहिचान र भूगोलको पनि सम्मान गर्न सक्नु पर्दछ, त्यसमध्य शैलुङ गाउपालिका पनि सबै किसिमको धर्म भासाहरु संस्कृतिहरु रहेको छ यसमा पनि हरेक बिबिधता पाइएको छ भनेर बताए ।

आफ्नो भनाई अगाडी राख्दै अहिले शैलुङ गाउपालिका भित्र टेकन्द्वो हाइट अल्टिच्युटको छलफल भएको र त्यसैमा आफु लागिपरेको पनि बताए, शैलुङ गाउपालिका भित्र गर्वको कुरा त् तामाङ समाजको बाहुल्यता रहेकाले मागा पौवा तामाङ समाज सेवाले सुरुवात गरिएको यो संस्था गाउपालिका भरि नै बिस्तार गरि साझा तामाङ संगठनको रुपमा बिस्तार गर्दै शक्तिशाली बनाउनु पर्नेमा जोड दिए । आफु शैलुङ गापा को लागि जुनसुकै विकास र समृदिको लागि प्रतिबद्दता रहेको बताउदै संस्थालाई शुभकामना पनि दिएका थिए ।

हेर्नुस धावा वाङ्गेल मोक्तान र छेवाङ तेनजिङ्ग लामाबाट साङ सेरगेम गरि कार्यक्रमलाई स्वागत गरिदै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here