आदिवासी जनजातिहरुको अन्तरास्ट्रिय महान पर्व २५ औ आदिवासी दिवस, यहि श्रावण “२४” (अगष्ट ९ ) गते अखिल नेपाल आदिवासी जनजातिको महासंघको आयोजनामा नेकपा क्रान्तिकारी माओवादीको महासचिव मोहन बैध “किरण” को प्रमुख आतिथ्य तथा पहिचान पक्षधर राजनितिक नेताहरुको उपस्थितिमा रास्ट्रीय सभागृह भृकुटीमण्डप स्थित साँस्कृतिक कार्यक्रम सहित हुन लागेको हो ।
विश्वको बिभिन्न देशहरुमा करिब ३७ करोड आदिवासी जनजातिहरुको सामाजिक, साँस्कृतिक, आर्थिक र राजनीतिक अधिकार प्रवर्दन गर्न संयुक्त राष्ट्र संघले अगस्त ९ लाई उक्त दिवस घोषणा गरेको २४ बर्ष पुरा भई २५ औ बर्षमा लागेको, साथै अन्तरास्ट्रिय महिलाहरुका लागि मार्च ८ मजदुरका लागि मे १ जस्तै आदिवासीहरुको अगस्ट ९ लाई अन्तरास्ट्रिय पर्व को रुप मनाउदै आएका छन् । नेपालमा भने आदिवासी जनजाती प्रति नेपालको दलाल पुँजीपति र सामन्ती ब्राह्मणवादी राज्यसत्ताले यस दिवसलाई वेवास्त गरेको पाइएको छ ।
जातीय पहिचान, संघियता, स्वशासन,समाबेसी, समानुपातिक प्रतिनिधित्व, भाषा, धर्म र संस्कृतिका लागि आदिवासी जनजातिहरुले कैयु आन्दोलनको साथै आदिवासी जनजातिहरु र राज्यबीच २० बुँदे र ९ बुँदे लगायतका धेरै सम्झौताहरु र अन्तरास्ट्रिय श्रम संगठन १६९ संघिय घोषणा पत्र अभिसन्धिहरु पनि पारित नगरेको होइनन । तर यो सन्धिहरु अहिले सम्म लागु भईसकेको छैन , २०७२ को विनाशकारी भूकम्पको अवसर छोपी जनताको चाहना र भावान विपरित प्रतिगामी संबिधान जारि गरेर बिभिन्न जनविरोधी बिधेयक पारित गरेको छ । पछिल्लो चरणमा राज्यद्वारा गुठि बिधेयकलाई अगाडी लिएर काठमाडौँ उपत्यकामा रहेका नेवार समुदायहरुको साँस्कृतिक सभ्यता मास्ने, समावेशी समानुपातिक सिद्दान्तको भावना र मर्म विपरित लोगसेवा आयोगलाई स्थानीय तहको कर्मचारी पदपूर्तिको बिज्ञापन गर्न लगाएर जनतालाई सडकमा उतार्ने काम गरिदै आएको छ । यस्ता जनविरोधी बिधेयक र असमावेशी विज्ञापनको तत्काल खारेज गर्न अखिल नेपाल आदिवासी जनजातिले माग गरेको छ ।
भारतबाट कालापानी लगायत नेपालको ७२ भू-भागमा सिमा अतिक्रमण हुँदा र विषादीयुक्त फलफुल तरकारी आयात गर्न छुट दिएर नेपालि जनताको स्वास्थ्यमा गम्भीर खेलबाड गरेको पनि छ, दुई तिहाइको बामपंथी सरकार हुदा देशमा हत्या, हिँसा, बलात्कार, भ्रष्टचार, तस्कारी, घुसखोरी र दण्डहीनता बढेको बेला सरकारका मन्त्रि र उच्च पदास्थाहरुकै संरक्षण र संलग्नता रहने हुनाले नेपाली जनताले शान्ति सुव्यबस्थाको अनुभूति गर्न पाएका छैन् । यस अर्थमा सरकार पुरै असफल रहेको देखिन्छ, यस्तो प्रतिगामी, दलाल,पुँजीवादी, सामन्ती, ब्रह्माणवादी सरकारको विरुद्दमा र पहिचान सहितको संघियताको लागि आन्दोलनको बिकल्प छैन । त्यसैले यो बर्षको २५ औ बिश्व आदिवासी दिवस आन्दोलनको रुपमा मनाउन अन्दोलनरुपि दिवस सफल पार्न सम्पूर्ण आदीवासी जनजातिहरुलाई अखिल नेपाल आदिवासि जनजातिले आह्वान गरिएको छ ।
कार्यक्रम