•  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं | इन्टरनेट र केवुल टेलिभिजन सेवा प्रयदायक कम्पनी सुविसुमा बुधबार दिउँसो लागेको आगो नियन्त्रणमा आएको छ ।
बालुवाटारस्थित सुविसुको मुख्य सर्भर रहेको भवनमा बुधबार दिउँसो आगलागी भएको थियो । सुविसु कार्यालय बालुवाटारमा कार्यरत कर्मचारी दमन चन्दका अनुसार दिउसो १२ः ३० तिर आगलागी भएको जानकारी दिए । उनका अनुसार के कारणबाट आगलागी भयो भन्नेबारे अझै एकिन भएको छैन । कार्यलयमा रहेको डिजेलको ट्याङ्करका कारण पनि आगोले भिषण रुप लिएको उनको भनाई थियो ।

चन्दका अनुसार मेन  सर्भर, डाटा संचालन गर्ने ब्लकमा आगलागी भएको छ । आगलागीबाट सुविसूका सम्पूर्ण सेवाहरु वन्द भएका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होविन्द्र बोगटीका अनुसार जेनेरेटर सञ्चालनमा लागि आवश्यक इन्धन भण्डारण गरेको कोठाबाट आगलागी सुरु बताईएको छ ।

आगो निभाउन नेपाल प्रहरी, नेपाली सेनालगायतको दमकल प्रयोग गरे पनि पेट्रोलबाट लागेको आगो पानी हालेर निभाउन कठिन भएको थियो ।

त्यसपछि त्रिभुवन विमानस्थलबाट दमकल बोलाइएको डीएसपी बोगटीले बताए । आगलागी साढे २ बजे नियन्त्रणमा आएको हो । आगो नियन्त्रणमा नआउँदासम्म बालुवाटार क्षेत्रमा यातायात सञ्चालनमा रोक लगाइए पनि अहिले सञ्चालन भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here