•  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । सरकारले खेतीयोग्य जग्गा मासेर घर बनाउने कार्यमा कडाइ गर्ने भएको छ । संघीय संसद्को दुवै सदनबाट भूउपयोगसम्बन्धी विधेयक पारित भएसँगै खेतीयोग्य जमिनमा जथाभावी घडेरी र प्लटिङ गर्न नपाइने भएको हो ।

पारित विधेयकमा जग्गालाई नौ भागमा वर्गीकरण गर्दै आवासीय जग्गामा मात्र प्लटिङ तथा घडेरी बनाउन सकिने व्यवस्था गरिएको छ ।

यसले कृषियोग्य जमिनलाई खण्डीकृत गर्न रोक लगाएको छ। पारित विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि ऐनको रुपमा कार्यान्वयनमा आउनेछ ।

पारित विधेयकमा जग्गालाई कृषि, आवास, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, सांस्कृतिक तथा पुरातात्विक, नदी तथा तालतलैया, वन, सार्वजनिक उपयोग तथा निर्माण सामग्री (ढुगां, बालुवा, गिटी) क्षेत्र गरी नौ भागमा वर्गीकरण गरिएको छ ।

आजको नागरिक दैनिकमा भुवन शर्माले समाचार लेखेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here