•  
  •  
  •  
  •  
  •  
  •  
  •  

एजेन्सी, काठमाडौं। अध्यागमन विभागले नेपाल प्रवेश गर्न खोज्ने चार सिरियाका नागरिकलाई इन्ट्री रिफ्युज (फिर्ता) गरेको छ। फ्लाइ दुवईबाट नेपाल आएका चार सिरियाका नागरिकलाई त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलस्थित अध्यामगन कार्यालयले नेपाल प्रवेश गर्न नदिइ फिर्ता पठाएको हो। सिरियाका नागरिकले आगमन प्रवेशाज्ञा (अनअराइभल) पाउँदैनन्। फिर्ता हुनेमा दुई पुरुष र दुई महिला रहेका छन। अध्यामगनले सारबेल कोइरी, मोनिर क्वास, अमाल नायफ र फतामे तहेसालाई नेपाल प्रवेश नदिएको हो।

विमानस्थल अध्यागमन कार्यालयका प्रमुख कुमारबहादुर खड्काले अवैध नेपाल प्रवेश गर्न खोज्ने सिरियाली, इरानीलगायतका विदेशीलाई प्रवेश गर्न नदिइएको बताए। खड्काले अन्नपुर्णसँग भने,‘अवैध ढंगले नेपाल प्रवेश गर्न खोज्नोलाई उतै फर्काइदिने गरेका छौँ। ती सिरियालीसँग नेपालको भिसा नै थिएन।’गृहमन्त्रालयले तीन वर्ष अघि सिरियाका नागरिक नेपाल ट्रान्जिट बनाइ युरोप छिर्न थालेपछि उनीहरुले पाउँदै आएको अनअराइभल भिसा सुविधा रद्द गरेको थियो। सिरियाका नागरिकले युरोपेली मुलुकको नक्कली राहदानी बनाइ नेपाल आउने गरेका थिए। त्यसपछि गृहमन्त्रालयले उनीहरुलाई दिएको अनअराइभल रद्द गर्दै सिरियालीमाथि निगरानी समेत बढाएको थियो।

साउन २० गते फ्लाइ दुवईबाट नेपाल प्रवेश गर्न खोज्ने ४ जना सिरियालीलाई विमानस्थल अध्यागमले सोही जहाजमा फिर्ता गरेको हो। अध्यागमनका डेस्क अधिकृतले सिरियाली राहदानी बोकेका यात्रु देखेपछि सोधपुछ गरेका थिए। उनीहरुको राहादनीमा नेपालको भिसा थिएन। अनअराभल भिसा सुविधा रद्द भएपछि सिरियाका नागरिकले सिरिया नजिकमा रहेको नेपाली कूटनीतिक नियोगबाट वा अन्य कुनै मुलुकमा रहेको नेपाली नियोगबाट भिसा लिनु पर्ने हुन्छ। सिरियामा आन्तरिक द्धन्द्ध बढेपछि त्यहाँबाट विस्थापित भएका सिरियाली नेपाल आउने क्रम बढेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here