धनकुटा, | धनकुटाको साँगुरीगढी गाउँपालिकाका कार्यपालिका सदस्य बालकृष्ण राईमाथि नेपाली कांग्रेस क्षेत्रीय कार्य समिति क्षेत्र नं. १ धनकुटाले लगाएको आरोपको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) साँगुरीगढी गाउँपालिका कमिटीले विरोध जनाएको छ । साँगुरीगढी गाउँपालिका–६ नाम्जेस्थित जनजाति पार्क, सूर्योदय बुद्धविहार लगायतका क्षेत्रमा जाने सडक भत्काएको विषयमा नाम्जेस्थित स्थानीयथुम्कीबासी स्वतःस्फूर्त रुपमा गरेको विरोधमा कार्यपालिका सदस्य एवम् नेकपा साँगुरीगढी गाउँपालिका कमिटीका सदस्य बालकृष्ण राईको पनि संम्लग्नता रहेको भनि नेपाली कांग्रेस क्षेत्रीय कार्य समिति क्षेत्र नं. १ धनकुटाले निकालेको प्रेस विज्ञप्ति प्रति पार्टीको गंम्भीर ध्यानाकर्षण भएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
नेकपा साँगुरीगढी गाउँपालिका कमिटीका अध्यक्ष देवमान राईद्धारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ–‘स्थानीय सरोकारवालाहरुको निर्णयलाई ऐक्यबद्धता जनाउँदै सडक भत्काउने कार्यमा संम्लग्न व्यक्तिहरुलाई तत्काल कानुनी कठघरामा उभ्याउनको लागि जोडदार माग गरिएको छ ।’ साँगुरीगढी गाउँपालिकाको सार्वजनिक सरोकारको जानजाति पार्क, सूर्योदय बृद्धविहार लगायतका क्षेत्रमा जाने सडक २०७१ सालमा समुदायले सम्बन्धित जग्गावालाहरुको आम सहमतिमा सहमति निर्माण गरी निर्विवाद ढंगले संचालन भईरहेको थियो । सोही सडक अन्तरगत रहेको कि.न. ३३७ को जग्गा इटहरी उपमहानगरपालिका–५ का प्रमोद राईले गत वर्ष किनेका थिए । गत आर्थिक वर्षमा १ नम्बर प्रदेश सरकारको सशर्त अनुदानमा स्तरोन्नति गरी ५ वर्षदेखि निर्विवाद संचालन हुदै आएको उक्त सडक नेपाली कांग्रेस क्षेत्रीय कार्य समिति क्षेत्र नं. १ धनकुटाको सभापति जितेन्द्र रुम्दाली राईको प्रत्यक्ष संम्लग्नतामा कि.न. ३३७ का जग्गाधनी प्रमोद राईले डोजर लगाएर साउन १६ गते भत्काएको विज्ञप्तिमा उल्लेख छ ।
उक्त कार्य पश्चात् साउन २२ गते स्थानीय सरोकारवालाहरुको भेलाले सडक भत्काउने व्यक्तिहरुलाई कारवाही गर्न स्वतःस्फूर्त निर्णय गरी गाउँपालिकामा माग गरिएको प्रष्ट हुँदाहँुदै कपोलकल्पित र राजनीतिक चरित्रहत्या गर्ने गरी विना सन्दर्भ र प्रमाण विना कार्यपालिका सदस्यमाथि आरोप लगाई गाउँ कार्यापालिकामा तालाबन्दी गर्ने, कार्यपालिकामा हुलहुज्जत गर्ने जस्ता कार्यको नेकपा गाउँपालिका कमिटीले घोर भत्र्सना पनि गरेको छ । त्यस्तै गाउँ तथा नगर कार्यपालिका सदस्य जिल्ला समन्वय समितिले पनि प्रेस विज्ञप्ति मार्फत समन्वय समितिका सचिव बालकृष्ण राईमाथि लगाईएको आरोपको विरोध गरेको छ ।
गाउँ तथा नगर कार्यपालिका सदस्य जिल्ला समन्वय समितिका अध्यक्ष मदन बसेलद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा साँगुरीगढी गाउँपालिकाका कार्यपालिका सदस्य एवम् यस समन्वय समितिका सचिव बालकृष्ण राईमाथि नाम्जेको सार्वजनिक सडक भत्काएको विषयमा स्थानीयवासीहरुको स्वतःस्र्फूत भएको आम भेलामा संम्लग्न भएको भनि नेपाली कांग्रेस क्षेत्रीय कार्य समिति क्षेत्र नं. १ धनकुटाले लगाइएको आरोप गलत भएको उल्लेख छ ।
सामाजिक तथा राजनीतिक पहिचान र पदीय जिम्मेवारीमा बसेका व्यक्ति नै डोजर लगाएर सडक भत्काउने कार्यमा संम्लग्न भएर आफ्नो गलत कामलाई ढाकछोप गर्नको लागि अरुलाई दोष लगाउन खोजिएको प्रेस विज्ञप्तिमा उल्लेख छ । स्थानीय सरोकारवालाहरुको निर्णयलाई समर्थन गर्दै उनीहरुले राखेको मागप्रति ऐक्यबद्धता रहेको उल्लेख गर्दै सडक भत्काउने कार्यमा संम्लग्न व्यक्तिहरुलाई कानुनी कारवाही गर्न माग गरिएको छ ।