• 95
  •  
  •  
  •  
  •  
  •  
  •  
    95
    Shares

धनकुटा |धनकुटा नगरपालीका को दशवटै वडाका विपन्न परिवारलाई सोमबार २ सय १ घरधुरीलाई १ करोड १४ लाख बराबरको जस्तापाता वितरण गरिएको छ । आवस सहुलीयत साझेदारी कार्यक्रम अन्तर्गत धनकुटानगरलाई फुसकोे छानो रहित नगर बनाउने उद्धेश्यका साथ नगर भित्रका अल्पसंख्यङ्क आठफरीया समुदाय र एकल , जेष्ठनागरीक, आपाङग विपन्न , आसाहय र दलित समुदायलाई वितरण गरिएको छ ।

 

धनकुट नगरपालिका ले वितरण गरीएको जस्तापाता अनुदान पाएका लाभग्राहिहरु खुसी भएकाछन् । त्यसैगरी धनकुटा नगरपालीका वडानम्वर ८ निवासी ५६ वर्षिय विराट बहादुर आठफरीया राई  भिरपहारामा खर काट्न जानु पर्ने र सालै पिछे घर छाउनु पर्ने समस्या समाधान भएको भन्दै अब बुढेस कालमा खर काट्नु जानु परेन समस्या टरेको भन्दै खुसी व्यक्त गरे  त्यस्तै सोहि वडाका ज्ञानेन्द्र आठ्फरीया राईले पनि आठ्फरीया जातीहरु धनकुटामा मात्र बसोबास गर्ने अल्पससंख्यङ्क पिछडियको जाति भएका ले आर्थिक शैक्षिक रुपमा पछि परेका जाति भएका ले जस्तापाता ले घर छाउन नसकी रहेको अवस्थामा नगरले जस्तापाता वितरण कार्यक्रम ल्याएर आठ्फरीया समुदाएलाई ठूलो सहुलेहित पुगेको बताए ।

साथै उहाले मानीसहरु खर काट्न जादा लडेर घाइते हुने ज्यान समेत जाने जस्ता समस्या भईरहेको ले अब यस्ता समस्या समाधान भएको भन्दै नगर ले जस्तापाता मात्रै नभएर अन्य क्षेत्रमा पनी सहयोग को अपेक्क्षा व्यक्त गरेका थिए । जस अन्तरगत धनकुटा नगरपालीकाको लाभग्राहिहरु जस्ता पाता धनकुटा नगरपालिका वडा नं.१ मा ९ घर, वडा नं.२ मा २५ घर, वडा नं.३ मा ७ घर, वडा नं.४ मा १२ घर, वडा नं.५ मा १३ घर, वडा नं.६ मा ८ घर, वडा नं.७ मा २० घर, वडा नं.८ मा ६२ घर, वडा नं.९ मा ३४ र वडा नं.१० मा ११ घरलाई अनुदानमा जस्तापाता वितरण गरिएको धनकुटा नगरपालीकाको विपन्न परिवारलाई जस्तापाता वितरण समीतीका सदस्य तथा धनकुटा नगरपालीका वडानम्वर ८ का वडा सदस्य पूर्णसोरी आठ्फरीया राई ले जानकारी दिनुभयो ।

त्यस्तै नगरपालिकाको र संघ को गरी १ करोड १४ लाख बराबरको जम्मा ७ हजार ४ सय ४८ थान जस्तापात खरिद गरेर वितरण गरिएको सदस्य पूर्णसोरी आठ्फरीया राई ले बताइन । धनकुटानगरपालीका को तथ्याङ्क अनुसार ९ हजार ४ सय ६० मध्य २ हजार १३ घर फुसको छाना को घर रहेको छ । तिन वर्ष भित्र नगरपालीका ले फुसको छाना मुक्तनगर बनाउने लक्ष्य लिएको छ । गत वर्ष एक सय पाच जनालाई जस्तापाता वितरण गरिएको नगरपालीका ले जनाएको छ । यो वर्ष नपाउने हरुलाई आगमी वर्ष प्रदान गरिने वडासदस्य पूर्णसोरी राईले बताउनु भयो ।

  • 95
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here