• 141
  •  
  •  
  •  
  •  
  •  
  •  
    141
    Shares

धनकुटा | धनकुटाको छथरजोरपाटिगाउपालिका वडानम्वर १ हातिर्खक का किसानहरु ले सिजनमा धनियाको पता बेचेर लाखौ आम्दानि लिदै आईरहेकाछन् । गाउँपालिकाको वडानम्वर १ निवासि लोक बहादुर कार्किले सात रोपनि जगामा धनिया को खेति लगाएका छन् ।

अहिले सम्म कार्किले डेढ् लाख को धनिया को पता बेचिसके को बताए अझै डेढ लाख को बेच्न बाकि रहेको भन्दै सबै गरेर यस वर्ष उहाको बारीमा ३ लाख को धनिया को पता उत्पादन हुने बताए । त्यस्तै गरि सोहि वडाका गजेन्द्र बहादुर तामाङ ले पनि धनिया बेचेर २ देखि ३ लाख आम्दानी लिइदै आईरहेको बताए । त्यस्तै गरेर अर्का अगुवा किसान भरत कार्कि को पनि यस वर्ष पनि २ देखि ४ लाख सम्म को धनियाको पता बेच्ने बताउनु भयो ।

याहाँ किसानहरुले उत्पादन गरेको धनिया को पता धरान , इटहरी , विराटनगर, विर्तामोड लगाएतका बजारमा व्यपारीहरुमार्फत निर्यात हुने गरेको कृषक भरत कार्की ले बताउनु भयो । हातिर्खक सिरान टोलका ५० देखि ६० घरपरिवार ले धनिया खेति गर्ने गरेको र ति प्रत्येक किसान ले सिजनमा धनिया को पता बेचेर एभरेजमा २ देखि ३ लाख आम्दानि लिने गरेको कृषक भरत कार्कि को भनाई छ ।

धनिया बेचेरै गाउपालिकाको हातिखर्क सिरान टोलमा १ करोड बराबर भित्रिने गरेको बताए । यहाँ उत्पादन हने तरकारी अगार्नीक भएका ले पनि राम्रो दाम पाउने गरेको किसानहरु ले बताउछन् । किसान ले धनियाको रु ३ देखि २० रुपे मुठा सम्ममा बेच्ने गरेका छन् ।

  • 141
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here