• 6
  •  
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares

५ भदौं पुल्चोक । पुल्चोकस्थित ललितपुर महानगरपालिका कार्यालयसँगै रहेको पोखरी १८ महिनापछि बनाउन सुरु गर्ने र अहिले पार्किङ्ग नै सञ्चालन गर्ने सहमति भएको छ ।
महानगरका प्रमुख चिरीबाबु महर्जनको अध्यक्षतामा मंगलबार दुबै पक्षले सहमतिपत्रमा हस्ताक्षर गरेपछि अव फेरि पकिङ्ग नै सञ्चालन हुने भएको हो ।
सहमतिपत्रमा महानगरको तर्फबाट वडा अध्यक्षहरु श्रीगोपाल महर्जन र चन्द्रलाल महर्जनले हस्ताक्षर गरेका छन् पोखरी निर्माण गर्नुपर्ने माग राख्दै आन्दोलरत नः त्वाः मंकाखलःका अध्यक्ष कदमलाल महर्जन र सदस्य बाबुराजा महर्जनले हस्ताक्षर गरेका छन् ।
नेपाल सरकारले नेपाल भ्रमण वर्ष २०२० घोषणा गरेको र पाटन क्षेत्रमा अन्य ठाँउमा खुला ठाँउ नभएकाले यही ठाँउलाई तत्काल पाकिङ्ग सञ्चालन गर्ने सहमती पत्रमा उल्येखख छ । भ्रमण बर्ष सकिएपछि २०२१ जनवरी तेस्रो साताबाट पोखरीको निर्माण सुरु गर्ने सहमतीपत्रमा उल्येख उल्लेख छ ।

  • 6
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here