•  
  •  
  •  
  •  
  •  
  •  
  •  

धनकुटा,भदौ १० |नेपाल तामाङ घेदुङ जिल्ला समनवय समिति धनकुटाले सोमवार जिल्ला भेला  तथा एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छन् । जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रमलाई नेपाल तामाङ घेदुङका संघिय अध्यक्ष मोहन गोले तामाङ र सचिव राकृष्ण ब्लोन तामाङले सहजीकरण गरेका थिए ।

भेला तथा प्रशिक्षण कार्यक्रममा धनकुटा जिल्लाको सात ओटै स्थानिय तहमा गठित गाउँपालिका र नगरपालिकाको घेदुङका अध्यक्ष, सचिव एवं अन्य पदाधिकारीहरुको सहभागीता रहेको थियो । भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्दै नेपाल तामाङ घेदुङका संघिय अध्यक्ष मोहन गोले तामाङले कुनै पनि जातिको भाषा, संस्कार, संस्कृति वचाउने मुख्य आधार भने राजनिति भएको वताएका छन् । साथै उनले समाजिक आन्दोलनमा भुलिरहेको तामाङ समुदायलाई राजनितिक आन्दोलनमा वदल्नु घेदुङको मुख्य गरेर अहिलेको भुमिका रहेको वताए । तामाङले राजनितिक स्कुलिङ नजान्ने मान्छेहरु क्रान्ती देखी डराउँछन्, अहिले तामाङ सुमदायमा राजनितिक स्कुलिङ्गको अभाव भैरहेकोले देशव्यापी रुपमा घेदुङ राजनितिक जागरणको अभियानमा जुटिरहेको वताए ।गम्भिर गल्ती गर्ने नेता वा सरकारका मन्त्रीहरुलाई वर्तमान सरकारले  छुट दिईरहेको छ तर एक पटक सामान्य हिसावले वोल्दा कानुन् मन्त्री शेर वहादुर तामाङको पद बर्खास्त  गरेर  ओली सरकारले तामाङ समुदाय माथि ठूलो विभेद गरेको वताए । साथै उनले घेदुङको राष्ट्रिय महाधिवेशन आगामी ०७६ फागुण २४ देखी २६ गतेसम्म काठमाण्डौ या धरानमा सम्पन्न गर्ने गरी तयारी भैरहेको वताएका छन् । घेदुङले देशव्यापी रुपमा नयाँ विधान र नयाँ संरचना अनरुप गाउँपालिका, नगरपालिका स्तरको स्थानिय तहमा घेदुङ गठन गर्दै, जिल्ला भेला गर्दै हिडेको पनि स्पष्ट पारे । उनले जिल्ला भेला, गाउँपालिका र नगरपालिकामा भेला अधिवेशन नगर्नेहरुले आगामी मंसिर भन्दा पहिले नै अधिवेशन गरेर मंसिरमा हुने प्रदेश महाधिवेशनमा सहभागी भएर राष्ट्रिय महाधिवेशनमा सहभागी हुन सम्पुर्ण तामाङ घेदुङ र तामाङ समाजलाई आग्रह गरेका छन् ।

भेलामा सघिय घेदुङका सदस्य लालचन्द्र गोङ्गवा तामाङ, प्रदेश घेदुङका सचिव निरेन तामाङ, पाख्रीवास नगर घेदुङका अध्यक्ष जयन्द्र घिसिङ, छथर घेदुङका अध्यक्ष मनकुमार गोले, महालक्ष्मी घेदुङका सचिव उत्तम तामाङ, धनकुटा घेदुङका अध्यक्ष कुलवहादुर तितुङ, जिल्ला घेदुङका सचिव फुर्वा घिसिङ तामाङ लगायतले आ–आफ्नो संस्थाको प्रगती प्रतिवेदन वाचन गरेर सुनाएका थिए । कार्यक्रमको संचालन सचिव फुर्वा तामाङले गरेका थिए भने स्वागत मन्तव्य तथा कार्यक्रमको औचित्य  निवर्तमान सचिव सन्तवीर लामाले राखेका थिए । भेला तथा प्रशिक्षण कार्यक्रम जिल्ला घेदुङका अध्यक्ष विष्णु मोक्तान तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो । भेलामा ताम्वा संघ धनकुटाका अध्यक्ष हरिलाल मोक्तान, दिलवहादुर घिसिङ र गंगा वहादुर तितुङले तामाङ संस्कृतिमा आधारित भएर डम्फु सेलो मार्फत साङ्गसेरगेम गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here