दोलखा १३ |दोलखा जिल्ला मा खुल्ला दिशा मुक्त घोषणा भएको छ| जिल्ला को सबै वार्ड गाउ पालिका को सबै घर धुरी मा सौचालय निर्माण भएपछी दोलखा लाइ खुल्ला दिशा मुक्त घोषणा गरिएको छ |
हिजो दोलखा को चरिकोट मा संघिय सरकार को खानेपानि तथा सरसफाइ मन्त्रि बिना मगरले ६७ औ खुल्ला दिशा मुक्त घोषणा गर्नु भएको हुन् |मन्त्रि मगरले खुल्ला दिशा मुक्त ले पनि स्वस्थ को हिसाब ले सामान्य भएतापनि मानब स्वस्थ मा धेरै नै टेवा पुग्ने बताउनु भयो |मन्त्रि मगर का अनुसार १० जिल्ला मात्र खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गर्न बाकी रहेको ले यो पनि अशोज महिना भित्र घोषणा भएपछी देश नै खुल्ला दिशा मुक्त हुने बताउनु भयो |
जिल्ला स्तरीय खानेपानी सरसफाइ तथा स्वोच्छता समन्वय समिति द्वारा आयोजित कार्यक्रम मा खानेपानी तथा ढल ब्यबस्थापन बिभागिय उप महानिर्देशक रमाकान्त दुवाडी जिल्ला सरसफाइ तथा स्वच्छता समन्वय समिति का संयोजक तथा जिल्ला समन्वय प्रमुख डबल पाण्डे लाइ सम्मान सहित प्रमाण पत्र प्रदान गर्नु भएको थियो |दोलखा लाइ २०६८ साल बाट खुल्ला दिशा मुक्त अभियान मा पहिलो पटक बोच गबि स लाइ घोषणा गरेको थियो जिल्ला को सबै गाबिस घोषण गर्ने तयारी गरेपनि भूकम्प ले सबै भौतिक संग्रचना धोस्त भएपछि अभियान रोकेको थियो |
भूकम्प पछी आबश संगै सौचालय निर्माण गर्ने अभियान साथ सुरु गरिएका ले हाल आएर खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गरिएको हो |जिल्लाको ४५ हजार ६ सय ५८ घर धुरी मा र जिल्ला को बिभिन्न स्थान मा सार्बजनिक सौचालय समेत निर्माण भैसकेको ले दोलखा जिल्ला पूर्ण रुपले खुल्ला दिशा मुक्त रहेको पाण्डे ले बताउनु भयो|सो कार्यक्रम मा खुल्ला दिशा मुक्त तथा सरसफाइ को क्षेत्र मा गरेको संस्था तथा स्थानीय सरकार हरु लाइ सम्मान गर्नु भएको थियो |