भदौ २२ । एसीसी यू-१९ एसिया कप क्रिकेटमा आज नेपालले टेष्ट नेशन राष्ट्र बंगलादेशसँग प्रतिस्पर्ध गर्दैछ्।
श्रीलंकामा जारी यू-१९ एसिया कप क्रिकेट नेपालले आज १० बजेर १५ मिनेटमा आफ्नो दोस्रो खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्न लागेको हो । श्रीलंकाको राजधानी कोलम्बोस्थित पी सारा ओभलमा हुने खेलमा नेपालको लागि जित अनिवार्य छ ।
किनभने नेपालले आफ्नो पहिलो खेलमा आयोजक श्रीलंकासँग पाँच विकेटको हार ब्यहोरेको थियो । आजै हुने अर्को खेलमा श्रीलंकाले यूएईसँग प्रतिस्पर्धा गर्दैछ ।
नेपालले आफ्नो अन्तिम खेलमा भने यूएईसँग प्रतिस्पर्धा गर्नेछ ।