२२ भदौ, काठमाडौं । नेपालगञ्ज उपमहानगरबाट लगिएका गाईको भएको विषयमा प्रहरीले उजुरी दर्ता गर्न नमानेको भन्दै नेपाल भेटेरिनरी एशोसिएसनले आपत्ति जनाएको छ ।
एसोसिएनका पदाधिकारीले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई ज्ञापन पत्र बुझाउँदै सुर्खेत घटनामा प्रहरीले जाहेरी लिन नमानेको प्रति आपत्ति जनाएका हुन् ।
उनका अनुसार कानून बमोजिम कडाभन्दा कडा आवश्यक कारवाहीको प्रकृया अगाडी बढाउन नेपाल सरकारसमक्ष जोडदार माग गरिएको छ ।
यसअघि १२ भदौमा नेपालगञ्जको कान्जी हाउसबाट करिब ३ सय ७० गाईगोरु र बाच्छाबाच्छीलाई ८ वटा ट्रकमा दैलेख लगिएकोमा सुर्खेतमा २३ वटा गाई मृत भेटिएका थिए ।