दोलखा | श्री बिरेन्द्र माध्यमिक बिधालय भवन निर्माण सम्पन्न भए पछि एक कार्यक्रम गरी हस्तान्तरण गरिएको छ | समुदघाटन समरोहमा माननीय सांसद तथा प्रतिनिधि सभाको सदस्य पर्बात गुरुङ्को प्रमुख अथित्य र अथितिहरु दोलखा जिल्लाको समान्य समिती डबल पान्डे, शैलुङ गाउँ पालिकाको प्रमुख भरत प्रसाद दुलाल, सोही गाउँ पालिकाको उप-अध्यक्ष लाल माया योन्जन, शैलुङ गाउँ पालिकाको नेकपा को अध्यक्ष थिर बहादुर मोक्तान, सोही गाउँ पालिकाको नेपाली काङ्ग्रेस को अध्यक्ष धावा वाङगेल लामा, साथै गाउँ पालिकाको वडा अध्यक्ष हरु र अन्य अथितिहरुको साथै बिद्यार्थीहरु,अभिभावकहरुको बिच माननीय सांसद गुरुङले उदघाटन गरिएको थियो ।
२०१६ सालमा स्थपान भएको बिध्यालय धेरै कष्ट , दुखको साथ हाल पक्की र मजबुत भवनमा परिणत भएको छ । अहिलेको परिवेशमा धेरै बिधर्थिहरु सुबिधाको हिसाब र सहि शिक्षाको खोजिमा शहरतिर दौडिने बेलामा यो बिधालयले भने अरु निजि बिधालय को बिधर्थिहरुलाई चुनौती दिदै सहि शिक्षा लिदै गरेको उक्त समरोहमा बिधार्थिहरुको प्रस्तुतिले झल्को देईरहेको थियो।
पुर्व बिधालय व्यवस्थापन समितिको अध्यक्ष तथा बिधालयको पुर्व प्रधान्ध्यापकहरुलाई सम्मान पत्रद्वरा सम्मान गरिएको थियो ।एसियाली बैंकको सहयोगमा निर्माण सम्पन्न भएको यो बिधालय झन्डै सात करोडको हराहरिमा निर्माण भएको थियो ।