• 6
  •  
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares

धनकुटा भदौ  ३०| बालदिवसको उपलक्ष्यमा आइताबार पाख्रिबासनगरपालिकाको आयोजनामा अन्तरमाध्यमिक विद्यालय प्रविधिमार्फत टेक्निकल क्वइज अर्थात हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

हाजिरीजवाफ प्रतियोगिताको रजतपत पाख्रिबासनगरपालीकाको वडानम्वर ४ का जाल्पादेवि माध्यमिक विद्यालयले जितेको थियो |पाख्रिबासनगरपालिका भित्रको १० वटा वडाका ११ वटा विद्यालयको सहभागिता रहेको हाजिर जिरीजवाफ प्रतियोगितामा पहिलो र दोस्रो चरण गरेर विद्यार्थिहरु विच  हाजिरीजवाफ प्रतियोगिता सञ्चालन गरिएको थियो । पहिलो चरणको हाजिरीजवाफ प्रतियोगितामा ११ वटा विद्यालय बिच भएको प्रतियोगिता बाट ६ वटा विद्यालय फाइनलमा प्रवेश गरेका थिए भने जस अन्तरगत फाइनल प्रतियोगितामा नगरपालिकाको वडानम्वर ४ का जाल्पादेवि माध्यमिक विद्यालय प्रथम भएको पाख्रिबास नगरपालिकाको सुचना प्रविधि अधिकृत महेश प्रधानले जानकादिनु भयो ।

प्रथम जाल्पादेवि माध्यमिक विद्यालयले सिल्ड प्रमाण पत्र रजतपद सहित रु १५ हजार रुपैया नगत पुरस्कार प्राप्त गरेका छन् । त्यस्तै नगर पालिकाकै सितला देवि सेकेन्डरी इलिस बोडिंङ स्कुल दोस्रो हुदै रजतपदक हातपारेका छन् । सितला देवि सेकेन्डरी बोडिङ स्कुलले मेडल , सिल्ड ,प्रमाण पत्र सहित रु ९ हजार पुरस्कार जितेका छन् । त्यस्तै गरि नगरपालिकाको वडानम्वर १० को श्री भारतीमाध्यमिक विद्यालय तृतिय हुदै कास्यपदक रु नगत ६ हजार सहित कास्यपदक मेडल सिल्ड र प्रमाण पत्र जितेका छन् ।त्यस्तै वडानम्वर ५ का ग्रामिण सामाजिक विद्यालय सान्तावना भएकाछन् भने उनले नगद रु ५ हजार पुरस्कार सहित सिल्ड ,मेडल र प्रमाण पत्र पाएकाछन । सुचना प्रविधिमाफर्त खेलाइएको हाजीरीजवाफ प्रतियोगितामा सहभागि टिम र दर्शक ले देखिने  गरि प्रोजेक्टर मार्फत प्रश्न उत्तर देखिने गरि कम्पूटर बाट प्रतियोगिता सञ्चालन गरिएको सुचना प्रविधि अधिकृत महेश प्रधानले बताउनु भयो । हाजीर जवाफ प्रतियोगिता पाख्रिबासनगरपालीका प्रमुख विर्ष राईको अध्यक्षतामा सम्पन्न भएको थियो ।

  • 6
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here