•  
  •  
  •  
  •  
  •  
  •  
  •  
धरान अशोज १५ | धरान धनकुटा लोकमार्गको गुठीटार सडक खण्डमा यात्रुवाहक वस र मालवाहक ट्रक एक आपसमा ठोकिदा ट्रकको चालक सहित १४  जना गम्भिर घाईते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार झापाको गोरीगञ्ज देखी तेह्रथुमको म्याङ्गलुङ वजारसम्मको लागी हिडेको ना.६ ख. १९७६ नम्वरको यात्रुवाहक वस र धनकुटाको सिधुवा देखी तरकारी लिएर धरान तर्फ झर्दै गरेको ना.६ ख ४४८३ नम्वरको मालवाहक ट्रक एक आपसमा ठोकिदा दुर्घटना भएको वताइएको छ ।
दुर्घटनामा परी ट्रकका चालक भोजपुर जिल्लाको पावादुम्वा गाउँपालिका–४ घर भएका चन्द्र कुमार राई गम्भिर घाईते भएका छन् । दुर्घटना धनकुटा नगरपालिका वडा नं.९ स्थित् गुठीटार नजिकैको रुदुवा खोलामा भएको हो । विपरित दिशामा रोकी राखेको मोटर साईकललाई तर्काउँदा वस र ट्रक एकआपसमा दुर्घटना भएको वताइएको छ दुर्घटनामा परी धनकुटा छथरजोरपाटी गाउँपालिका वडा नं.५ का वर्ष ४१ का रामवहादुर दाहाल घाईते भएका छन् । दाहालको टाउँका, घुँडा र दाहिने कान चिरिएको छ । तेह्रथुम लालीगुराँस नगरपालिका–९ काँडे घर भएका वर्ष ६० का द्रोर्ण वहादुर गुरुङको अनुहारमा गम्भिर चोट लागेको छ । त्यसैगरी अन्य घाईतेहरु लालीगुराँस न.पा. वडा नंं९ का वर्ष २६ का सन्तोष गुरुङ, उर्लावारी न.पा.वडा नं.७ की वर्ष २३ की देवी घिमिरे, इटहरी–२ का मिन प्रसाद गुरुङ, सोही वडाका सिसम गुरुङ, तेह्रथुम म्याङलुङ न.पा. वडा नं.६ का निर्मला शर्मा, गौरदह न.पा.वडा नं.५ की कल्पना घिमिरे, धनकुटा छथरजोरपाटी–२ का वर्ष १७ का पविन कार्की, तेह्रथुम श्रृजोङ–१ का वर्ष १९ की प्रदिप थापा, लालीगुराँस न.पा.वडा नं.४ का वर्ष ३२ की गोमा गुरुङ लगायतको रहेको ट्राफिक प्रहरी प्रमुख सुरेन्द्र खड्काले वताएका छन् ।
ट्रकका चालकको अवस्था गम्भिर भएकाले विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान थप उपचारको लागी पठाइएको र वाँकी घाईतेहरुको जिल्ला अस्पताल धनकुटामा उपचार भैरहेको प्रमुख खड्काले वताए । घाईतेहरुको अवस्था सामान्य रहेको खड्काले वताएका छन् । वसका चालक चन्द्र कुमार राई, यात्रुवाहक वस र ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here