• 12
  •  
  •  
  •  
  •  
  •  
  •  
    12
    Shares

केही वर्ष अघिसम्म दसैं सुरु भएको दिन देखी नेपालका गाउँघरमा युवा पिङ हाल्न व्यस्त हुन्थे ।

घरघरमा पैसा संकलन गरेर सबैलाई पायक पर्ने स्थानमा रखेर पिङमा रमाउने चलन थियो । अहिले गाउँघरमा पिङ देखिन छाडेको छ । दसैंमा एकपटक भए पनि जमिन छाड्नुपर्छ भन्ने धार्मिक मान्यता छ ।

पर्वको समयमा मेला, उत्सव लाग्न छोडेपछि पिङ लोप हुँदै गएको हो । ग्रामीण भेगका अधिकांश युवा विदेश भएकाले गाउँमा पिङ हाल्ने जनशक्तिको समेत अभाव छ भने बाँस पनि पहिलेजस्तो सहजै देख्न पाइँदैन ।

दसैंतिहारलाई लक्षित गरेर लाग्ने ऐतिहासिक मेलालाई अहिले बढ्दो सहरीकरणका कारण ठाउँ पाउनै मुस्किल भएको छ । गाउँघरमा पर्व मनाउन फर्किए पनि मानिसहरू घरमै मोबाइल र टीभीमा व्यस्त हुने, साथीभाइ बीच भोजभतेर गरेर बिदा मनाउन थालेका छन् ।

  • 12
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here