•  
  •  
  •  
  •  
  •  
  •  
  •  

१९ असोज, काठमाडौं । बलात्कार प्रयासको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको दशैं प्रहरी हिरासतमै वित्ने भएको छ ।

महरा दशैंको अष्टमीको दिन साँझ सभामुखको निवासबाटै पक्राउ परेका हुन् । उनलाई महानगरीय प्रहरी वृत्त, सिंहदरबारमा राखिएको छ ।

उनलाई पक्राउ गरी अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको थियो । तर बाँकी कारबाही भने दशैं विदापछि नियमती अदालती प्रक्रिया सुरु भएपछि मात्र अगाडि बढ्नेछ ।

अदालत २८ गते मात्र खुल्नेछ । २६ गतेसम्म दशैंको विदा छ भने पूर्व प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको निधनको शोकमा २७ गते विदा दिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here