• 3
  •  
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares

काठमाडौं : नेपालीहरूको महान पर्व विजया दशमी अर्थात् बडादशैं आफ्ना मान्यजनबाट टीका तथा जमरा ग्रहण गरेर मनाइँदै छ।

यसैबीच, सत्तारूढ समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्ना पिताबाट दशैंको टीका ग्रहण गरेका छन्। दशैंको शुभसाइत पारेर उनीसहित सपरिवारले ९० वर्षीय पिता भोजप्रसाद भट्टराईका हातबाट टीका ग्रहण गरेका हुन्। आज बिहान १०:३५ को शुभसाइत पारेर पिताको हातबाट टीका ग्रहण गरेका हुन्।

उनले आफ्नो माइक्रो ब्लगिङ साइट ट्विटरमा टीका ग्रहण गर्दै गरेका तस्वीरहरू पनि पोस्ट गर्दै भनेका छन् : ‘शुभविजयादशमीको उपलक्ष्यमा ९० बर्षीय पिता भोजप्रसाद भट्टराईको हातबाट सपरिवार टीका ग्रहण! सबैको भलो होस्! देशमा शान्ति,सुशासन र समृद्धिको वर्षा होस! असत्य र अन्यायमाथि सत्य र न्यायको विजय होस्!’

  • 3
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here