•  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको भारत भ्रमणको आज दोस्रो दिन । उनी शुक्रबार दुई दिने अनौपचारिक भ्रमणका क्रममा भारत पुगेका थिए ।

शुक्रबार नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका सीले आज पनि उनीसँग भेट गर्नेछन् । दुई नेताबीच करिब १० बजे कोब रिसोर्टमा भेट हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सूत्रको हवाला दिँदै यो दुई नेताबीचको अनौपचारिक भेट हुने र संयुक्त वक्तव्य जारी हुने सम्भावना कम रहेको बताइएको छ ।

यस्तो छ सेड्युल

  • भारतको चेन्नईस्थित आइटिसी ग्रान्ड चोला होटलमा रहेका सी आज पनि महाबलीपुर जानेछन् । भारतीय समयअनुसार ९ः५० मा सी महावलीपुर पुग्ने बताइएको छ ।
  • दुई नेताबीच त्यहाँस्थित एक होटलमा आज विहान १० बजे भेटवार्ता हुनेछ । जसमा क्षेत्रीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्दामा चर्चा हुनसक्ने अपेक्षा गरिएको समाचारहरुमा जनाइएको छ ।
  • त्यस्तै विहान १०ः४५ मा दुई नेताबीच प्रतिनिधिस्तरमा पनि कुराकानी हुने र त्यसक्रममा भारतीय विदेशमन्त्री एस जयशंकरको पनि सहभागीता रहने जनाइएको छ ।
  • सी को सम्मामा पौने १२ बजे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चिनियाँ राष्ट्रपतिको सम्मानमा दिवा भोजको आयोजना गर्नेछन् ।
  • त्यसपश्चान १२ः४५ मा सी चेन्नई विमानस्थलका लागि त्यहाँबाट प्रस्थान गर्नेछन् ।
  • भारतीय समयअनुसार दिउँसो करिब साढे एक बजे सी नेपालका लागि प्रस्थान गर्ने तालिका रहेको आजतकले समाचार प्रकाशित गरेको छ ।

तस्बिरहरु : भारतीय मिडिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here