•  
  •  
  •  
  •  
  •  
  •  
  •  

दोलखा |दोलखाको शैलुङ गाउँपालिका-३,काटाकुटी को  रङ्गशालामा  प्रथम शै लुङ कप-२०७६ खुल्ला फुटबलप्रतियोगिता हिजो देखि सुरु भएको छ । प्रतियोगिताको उद्घाटन प्रदेस  नम्बर ३ का सामाजिक विकास मन्त्री युवराज दुलालले गरेको थियो|

कार्यक्रम लाइ  प्रमुख अतिथि मन्त्री दुलालले सम्बोधन गर्दै  खेलकुद मानब जिबन लाइ अपरिहार्य रहेको छ यसले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरी समृद्धि तर्फ उन्मुख गराउने पनि  बताए । फुडबल प्रतियोगिता स्थानीय    स्तरका खेलाडीहरुलाई अबसर हुने र रास्ट्रिय स्तर सम्म  खेलकुद को भबिष्य रहने बताउनु भएको थियो| समारोहमा दोलखा फुटबल सङ्घका अध्यक्ष गोविन्द श्रेष्ठले खेलमैदानको अभाव झेलिरहेका जिल्लाका दक्षिण भेगका खेलाडी तथा फुटबल प्रेमीहरुलाई शैलुङ रङ्गशालाले राहत पाएको बताए । उनले थप- व्यक्तिगत र सङ्घका तर्फबाट प्रदेश सरकारसँग समन्वय गरी आगामी दिनमा शैलुङका खेलकुद क्षेत्रलाई अझ मजबुत बनाउन सहयोग गर्नेछौं ।

उदघाटन समारोहमा  शैलुङ गाउँपालिकाका अध्यक्ष भरत दुलालले सबैको सहयोगले  प्रथम शैलुङ कप-२०७६ खुल्ला फुटबल प्रतियोगिता सम्भव भएकोले सबै सहयोगी लाइ धन्यवाद  दिनु हुदै  दोलखाकै ठुलो खेलमैदान शैलुङ रङ्गशालामा हामीले पहिलोपटक खुल्ला फुटबल प्रतियोगिता गर्न पाउँदा एउटा सपना साकार भएको महसुस गरेका छौँ । गाउपालिका उपाध्यक्ष लालमाया योञ्जन ले कार्यक्रम लाइ सम्बोधन गर्नु हुदै खेलकुदकै मध्यम बाट पनि  शैलुङ समृद्धिमा सहयोग पुग्ने बताउनु भयो तसै गरि हाल सम्म खेलकुद लाइ भने जस्तो बजेट बिनियोजन नभएको र प्राथमिकता नराखेको भन्दै आगामी  गाउँसभामा खेलकुदलाई प्राथमिकता राखी  बजेट  बिनियोजन गर्ने बताउनु भएको थियो | तेसै गरि वडा नम्बर-३ का वडाध्यक्ष ध्रुबा  श्रेष्ठले दोलखाकै ठुलो खेलमैदान शैलुङ रङ्गशाला रहेकोले अँझ व्यवस्थित बनाउनु पर्ने जोड दिदै प्रदेश सरकार लाइ र गाउपलिका लाइ आग्रह गर्दै वार्ड को तर्फ बाट सधै सहयोग  गर्ने  बताए ।

प्रतियोगिता  खेल को उद्घाटन संगै  आयोजक टिम नव शैलुङ लालीगुराँस समाज (ए)ले ढुङ्गे युवा क्लबलाई ० का विरुद्ध ५ गोलले पराजीत गरेका थिए । पराजीत भएका ढुङ्गे युवा क्लब विरुद्ध एक्लै भारी परेका नवशैलुङका खेलाडी रुपेश श्रेष्ठ म्यान अफ दि म्याच घोषण भए ।  उहाले एक हजार रुपैयाँ नगद पुरस्कर पाएको थियो |  ढुङ्गे विरुद्ध ४ गोल रुपेश श्रेष्ठ ले   गरेका थिए ।

शैलुङ कपका बिजेताले १ लाख १ सय ११ रुपैयाँ नगद, मेडल प्रमाणपत्र, उपविजेताले ५० हजार ५५ नगद मेडल प्रमाणपत्र र प्रतियोगिताको सेमिफाइनल पुग्ने टीमलाई नगद २० हजार ११ रुपैयाँका दरले प्राप्त गर्नेछन् । त्यसैगरी प्रतियोगिताका उत्कृष्ट गोलकिपर, डिफेण्डर, स्ट्राइकर, सर्वाधिक गोलकर्ताले जनही २ हजार रुपैयाँ दरले र प्रत्येक खेलका उत्कृष्ट खेलाडीले (म्यान अफ द म्याच)लाई १ हजार रुपैयाँ नगद पुरस्कर प्रदान गर्ने आयोजकले जानकारी दिए ।

प्रतियोगितामा ढुङ्गे युवा क्लब, मागापौवा युवा क्लब, सुनौलो चण्डीडाँडा युवा क्लब, फेदाली क्लब, खाँडादेवी समाज, गौतम बुद्ध क्लब, युनाइटेड ठुलोपाखर युवा क्लब, एक्टिभ बोइज खरिढङ्ग, शैलुङ शिखर स्पोर्ट्स क्लब, मुडे युवा क्लब, स्टार शैलुङ युथ क्लब, काटाकुटी फुटबल क्लब र नवशैलुङ ए, बि गरी १४ टिमले भाग लिएका छन् |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here