•  
  •  
  •  
  •  
  •  
  •  
  •  

दोलखा । दोलखाको शैलुङ गाउँपालिकामा आयोजनामा भएको“ प्रथम शैलुङ कप २०७६ ” फेदाली युथ क्लब भुषाफेदले  जितेको छ । हिजो भएको फाइनल खेलमा फेदाली युथ क्लब भुषाफेदाले आयोजक नव शैलुङ लालीगुरास समाजलाई ३–१ गोल को अन्तरले पराजीत गर्दै उपाधि जितेको हो । उपाधिसँगै  एक लाख ११ रुपैयाँ नगद सहित प्रथम शैलुङ कप, मेडल र प्रमाण पत्र  जितेको थियो ।
प्रतियोगितामा दोश्रो नव शैलुङ लालीगुराँस समाजले नगद ५० हजार ५ सय ५५ सहित मेडल र प्रमाण पत्र प्राप्त  गरेको थियो। त्यसैगरि सान्त्वना हुने स्टार शैलुङ क्लब शैलुङ ३ र शैलुङ शिखर स्पोर्ट क्लबलाई नगद २० हजार ११ रुपैयाँ सहित मेडल र प्रमाण पत्र प्रदान गरिएको  थियो ।विजेता टिमलाई ३ न प्रदेशका सांसद पशुपति चौलागाई र गाउँपालिकाका प्रमुख भरत दुलालले पुरुस्कार वितरण गरेका थिए ।
नव शैलुङ लालीगुरास समाज शैलुङ, खाँडादेवी समाज शैलुङ ६ र स्टार शैलुङ क्लब शैलुङ ३ को संयुक्त आयोजनामा भएको प्रतियोगिताको ३ प्रदेश नम्बरका समाजिक विकास मन्त्री युवराज दुलालले उद्धघाटन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here