तस्बिर सामजिक संजाल बाट
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

१०  कात्तिक, रामेछाप ।रामेछापको दोरम्बा गाउँपालिका वडा नम्बर १ डडुवाका राङदान तामाङको कार्तिक ९ गते शनिवार बिहान  दुर्घटनामा परी निधन भएको हो ।
रामेछाप वाट काठमाण्डौ आउने क्रममा शनिबार बिहान राकाथुमको खारेपाखो मा  प्रदेश नम्बर ३–०२– ००१ प ५१०५ नम्बरको मोटरसाइकल दुर्घटनामा परी तामाङको ज्यान गएको  छ । उनिसंगै मोटरसाइकलको पछाडी बस्ने दोलखा को   मेलुंग गाउपालिका को नेकपा का नेता  कृष्णबहादुर कार्की पनि घाइते भएको छ।  राङदान तामाङ रामेछाप जिल्ला दोरम्वा गाउँपालिका १ डडुवाका युवा उद्यमी, शैलुङ्ग एग्रिकल्चर प्रोडक्सन प्रालि दोरम्बाका प्रबन्ध निर्देशक, तथा किवि खेतिका चर्चित अगुवा समेत रहेका थिए । उनि केहि समय यता ललितपुरको लेलेमा समेत ब्यबसायिक कृषि उत्पादनमा समेत  लागेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here