•  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं- प्रहरीले नक्कली सुनसहित काठमाडौंको बौद्धबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोमछाप खागादेवी गाँउपालिका– ९ का विशाल लामा रहेको प्रहरीले जनाएको छ ।

लामालाई महरानगरीय प्रहरी वृत्त बौद्धको टोलीले बौद्धको नयाँ बस्तीबाट सोमबार साँझ पक्राउ गरेको हो । पक्राउ परेका लामाको साथबाट प्रहरीले १ किलो नक्कली सुन बरामद गरेको जनाएको छ ।

अवैध सुनको कारोबार हुन लागेको भन्ने विशेष सूचनाका आधारमा नक्कली सुनसहित लामा पक्राउ परेको महरानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख डीएसपी रमेशबहादुर सिंहले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here