•  
  •  
  •  
  •  
  •  
  •  
  •  

नेपालको स्वतन्त्रता एकैमिनेटमा सकिन्छ भन्ने जस्ता भावनाबादी सोंचबिचारको समस्या सानो छैन नेपालमा। कालापानी नेपालको हो, र रहिरनुपर्छ। भारत ठुलो छ नेपाल सानो छ भन्ने मनोग्रन्थीबाट सबै प्रभावित भएको अवस्था छ, यथार्थमा त्यही कारणले कालपानीमा भारतको दादागिरी भएको हो। यदि देशको स्वतन्त्रता जोगाउने हो भने भारतले हाम्रो स्वतन्त्रता जोगाइदेओस् भनेर कामना गर्ने र सुंगुर निदाएझैं निदाउने प्रवृत्ति पहिला त्याग्नु अवाश्यक छ। केही महत्वपुर्ण कुरामा विमर्श गरौँ।

१.नेपालको भुगोल चीन र भारतका बिचमा छ। यस्को तात्पर्य हो हाम्रो एक एक इन्च जमिन महत्त्वपुर्ण छ। यस जमिनलाई जोगाउने दायित्व हाम्रै हो। तर, २००७ सालदेखि अहिलेसम्म हामीले के गरेयौं रु अझ पञ्चायत जोगाउन त्यसबेला यो जमिन भारतलाई सशस्त्र फौज राख्न दियौं। अहिलेका थुप्रै समस्या हिजो देखि आएका हुन्। यसतर्फ पहिला गम्भीर विश्लेषण गरौं।

२. हाम्रो भुराजनीतिक अवस्थाले नै राष्ट्रको सबभन्दा प्राथमिक काम कुटनैतिक व्यवस्थापन हो भन्ने स्पष्ट छ। यसबाट सहजै अनुमान गर्न सकिन्छ, हाम्रो परराष्ट्र मन्त्रालय सबैभन्दा प्रभावकारी र सक्षम हुनुपर्छ। यससँग वोर्ल्ड क्लास वा विश्वासलाई बुझेर नेपालका समस्या र अवसरहरुको सदुपयोग गर्न सक्ने कुटनितिक विशेषज्ञहरु हुनुपर्छ। तर, यो मन्त्रालयनै यस्तो एउटा मन्त्रालय हो, जसले विशेषज्ञहरुलाई प्रवेश निशेष गरेको छ। त्यो कुरा त यस्को अध्यन र अनुसन्धान गर्ने प्रतिष्ठानको दुरा अवस्थाबाटै जगजाहेर छ। यसको काम राजदुतको जागिर दिने हो र विदेश भ्रमणको चांजोपांजो मिलाउने हो जस्तो देखिन्छ। पार्टीका नेताका मानिस, लामो राजनीतिक त्याग गरेका मानिस र कर्मचारीलाई यस्ले राजदुतको जागिर दिन्छ। यो भन्दा बढी यस्ले देशको कुटनीतिको अनुसन्धान गरेको, नयाँ मान्याताहरु विकास गरेका प्रतिबेदनहरु पढेर बिद्यार्थीहरु दिक्षित गर्न त अहिले सम्म पाइएको छैन।

३.देशमा विश्वस्तरका सिमाविद् छन् तर परराष्ट्र उनीहरुलाई देशको सेवामा प्रयोग गर्दैन। कहिलेकाँही मन्त्रीज्युले भेट्नु हुंदो हो। देशको सिमाना व्यवस्थापन गर्ने निकायलाई भुमिसुधार मन्त्रालयको मातहतमा राखेको छ। देशको परराष्ट्र मन्त्रीको हैसियत भुराजनितिक अवस्थाको महत्त्वका कारणले प्रधानमन्त्री सरहको व्यक्तित्व भएको मानिस हुनुपर्ने हो, जस्ले विश्वका घटना र परिघटनाको विश्लेषण गर्दै नेपालको कुटनीतिलार्इ बाटो देखाउन सकोस्। समकक्षीसँग वार्ता गर्न सकोस्। कर्मचारीले लेखिदिएका नोटबाट कामचलाएर देश चल्दैन।

४. त्यसैले यस समस्याको समाधान परराष्ट्र मन्त्रालयको विस्तार, सुध्रीढिकरण, र विशेषज्ञताको निर्माण बाट हुनुपर्छ। उत्तर र दक्षिणका सिमानाको रेखदेख र अनुगमन गर्ने सिमाना नापनक्सा गर्ने छुट्टै आयोग परराष्ट्र मन्त्रालय मार्फत रहनुपर्छ र सिमानामा सानोतिनो मात्र समस्या देखियो भने यस्लार्इ जिम्मेवार बनाउनु पर्छ। त्यसैले अहिले राष्ट्रका हितमा उठेको अवाज केबल भावनात्मक अभिव्यक्तिमा सिमित रहेर, रास्ट्र्भित्र कर्मचारीतन्त्र र राजनीतिक अब्यबस्थाका बिशयले महत्व पाएनन भने देश झनै कमजोर हुनेछ।

५. परराष्ट्र मन्त्रालयका केही लक्षणहरु हेरौं। देशमा कुटनीतिक समस्यामा यो नयाँ बेहुली लजाएजस्तो लजाएर बस्छ। भारतको बिदेशमन्त्रालयले त घुसपैठ गर्नेहरुको खेल भनेर थर्काइसक्यो। के सडकमा आएका मानिस घुसपैठिया हुन् रु होइनन् भने त्यसको जवाफ किन नदिएको होला रु यसका अधिकांश मानिस राजदुत हुन्छ्न्, र उनीहरु त्यसपछि विदेशमै बस्छन्। उनीहरु भोलि एग्रीमो नआउने डरले केही बोल्दैनन विदेशीका अत्याचारका विरुद्धमा। उनीहरुलाई राष्ट्रको आवश्यकता उनीहरुको प्रगतिका लागि मात्र हो। देश रहे पुग्छ, अलिकति जस्तो भएपनि, ताकी विदेशी सडकमा मर्निङ्ग वाक गर्न पाइयोस्। उनीहरु धेरैका सन्तनान पनि विदेशमै छन्। कसरी होला रास्ट्रका स्वार्थको संरक्षण रु के सरकार यस सम्बन्धमा छानबिन गर्न तयार छ। यस्ता कुरा लेख्ने हामी जस्ता सडकछापका ९शिक्षकहरु०बोक्रा उकाइछन् थाहा छ, तर पनि गलतलाई गलत भन्ने संस्कृतिको निर्माण गर्नै पर्छ।

६. तसर्थ अहिले सडकको आन्दोलनले केबल नकारात्मक राग अलापेर मात्र हुँदैन, अब राज्यका निकायका जिम्मेवारीको खोजीनीति पनि गर्नुपर्छ। अहिले वक्तव्यको बाढी लागेको छ। हरेक मानिसले वक्तव्य दिनु पनि पर्दैन। यो समस्याको समाधान खोज्ने निकाय परराष्ट्र मन्त्रालय हो। त्यसले राष्ट्रलाई आश्वस्त पार्नुपर्छ। यसमा पनि प्रधानमन्त्रीले नै अगाडि आउनु पर्ने अवस्था देखियो। यो बिडम्बना हो। हाम्रो सिमा व्यवस्थापनमा परराष्ट्रको भुमिका एक्दमै कम्जोर देखियो। ततकाल देशलाई विश्वासमा लिने काम गर्नुहोस, र देशको विज्ञतालाई एक ठाउँमा ल्याउनुहोस्।आफन्त होइन देशभक्त विज्ञ खोज्नुहोस्। नोम चोम्स्कीहरुलाई हेला गर्दा केही फरक पर्दैन देशका हितका लागि विज्ञ हनुमान वा गणेशसम्म खोजेर भएपनि देशको कुटनीतिलाई चुस्त पार्नु आवश्यक छ।

७. कतिपयलाई कालापानी अरुलाइ हान्ने अवसर पनि बनेको छ। नारा कालपानीको छ, मक्सद राजनीतिको छ। हिजो देखिनै यस्तो हुँदै आएको हुँदा, देशको स्वार्थ ब्यक्तिगत आंकाक्षाले समाप्त पार्दै आएको। देशको कुटनितीलाई राजनितिमा मौलाएको अनैतिकक्ताले कमजोर बनायो। यो बेला देश एक ढिक्का हुनु पर्छ भन्ने ख्याल जाग्नु पर्छ। यस संवेदनसिल मुद्दालाई प्रयोग गरेर राजनीतिमा स्थान बनाउन खोज्नेहरुले देशलाई झनै घात गर्ने छन्। अहिले भावाना भन्दा बढि बुद्धिको खोजी हुनुपर्छ। यसबारेका जानकारहरुका सल्लाहले युवाहरु दिक्षित हुनुपर्छ। शक्ति देखाउनु पर्छ, तर बुद्धि परदर्शन नगर्न।

८ . यस बारेमा रणनीति बनाइयोस

क. कालापानी नेपालको हो भन्ने प्रमाण सहित भारतलाई सरकारले पत्र पठालार्इ र वर्तमान नक्सालार्इ मान्न इन्कार गरेको सुचाना देओस्।

ख. सिमाविदहरुको समुहलाई नेपालको आधिकारिक यथार्थता एकिन गरि उहाँहरुबाट राष्ट्रलाई दिक्षित गरि यस मामिलामा देशको एउटै अवाज निर्माण गरोस्। भावनात्मक नारालेमात्र हानी पनि उतिकै गर्छन्।

ग. नेपाली सेनाले परिस्थितिको अनुगमन गरि आफ्नो पोजिसन तयार पारोस।

घ. यस सम्बन्धी यथार्थता मित्र देशहरुलाई तत्काल जान्कारी गराइओस।

ङ. यो मुद्दामा भारतको अडान हैकमबादी भयो भने, विशेष बहस सुरुगरियोस जस्ले नेपाल भारत सबन्धको परिभाषा गरोस। यसभि.त्र सन १९५० को सन्धी पनि पर्छ।

च. आवश्यक पर्न सक्छ, अन्तरास्ट्रिय अदालतमा जान तयारी शुरु गरियोस।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here