धनकुटा को अस्पतालमा सञ्चालित मुटु रोग, बाल रोग तथा जनरल हेल्थ चेकअफ सम्वन्धि तिन दिने निःशुल्क स्वास्थ्य शिविर ३७ सय ४७ जनाको मुट ुजाच तथा उपचार गर्दै सम्पन्न भएको छ । सुक्रबार देखि आइताबार सम्म सञ्चालन भएको शिविरमा वरिष्ठ मुटु रोग विशेषज्ञ प्रा.डा.भगवान कोईरालाको नेतृत्व को टोली ले शिविरमा महिला १७ सय ४० ,पुरुष १४ ६७ गरी जम्मा ३७ सय ४७ जनाको उचार गरिएको छ ।
जस अनुसार इसिजी १५८१, र इको ५७० जनाको गरीएको र अप्रेसन तथा इन्डियोग्राफी , इन्डियो प्लाष्टीक सर्जरी गर्नु पर्ने ८२ जनालाई काठ्माडौ बोलाइएको विशेषज्ञ प्रा.डा.रत्नमणी गजुरेल बताए ।
धनकुटा स्वास्थ्य निःशुल्क स्वास्थ्य शिविर समन्वय समिति, काठमाण्डौंको समन्वय र निःशुल्क स्वास्थ्य शिविर मूल आयोजक समितिको धनकुटाको आयोजनामा तिन दिने स्वास्थ्य शिविरसंचालन गरिएको हो । शिविरमा वरिष्ठ मुटु रोग विशेषज्ञ प्रा.डा.भगवान कोईराला अगुवाईमा मुटु रोग विशेषज्ञ प्रा.डा.रत्नमणी गजुरेल लगायतका गरी ७७ जनाको टोली शिविरमा सम्मिलित थिए ।