•  
  •  
  •  
  •  
  •  
  •  
  •  

धनकुटा ।उप प्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले मेचि माहाकली देशै भरिका देशको आमुल परिवर्तनको लागि सहिद हुनु भएका सहिद परिवारलाई राहत वितरण र सम्मानको काम सरकारले चाँडै गर्ने बताउनु भएको छ । शुक्रबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धनकुटाले आयोजना गरेको छिन्ताङ हत्याकाण्डका सहिदको ४१ औं स्मृति दिवसमा बोल्दै उपप्रधानमन्त्री पोख्रेलले त्यस्तो बताउनु भएको हो ।
उहाँले चिन र भारतसँग व्यापार बढाउने बताउँदै संघिय सरकारले कृषि, उद्योग, उर्जा, पर्यटन र पूर्वाधारलाई प्राथमिकतामा राखेको बताउनु भयो । उहाँले सरकार खोज्न सिंहदरबार नै जानुपर्ने कुराको अन्त्य भएको बताउँदै तीनै तहको सरकारले जनताको सेवा गरिरहेको बताउनु भयो ।

कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई छिन्ताङ काण्डका सहिदका परिवारलाई प्रतिपरिवार ५ लाख प्रदेश सरकारले राहत दिने घोषणा गर्नुभयो । उहाँले देश संघीयतामा नगएको भए सहिद परिवारलाई राहत घोषणा नहुने भन्दै संघीयता बचाउनु पर्ने बताउनु भयो ।
बाम आन्दोलनमा लागेको भन्दै २०३६ सालमा भएको छिन्ताङ काण्डमा मारिएका १६ जनालाई यसअघिको सरकारले सहिद घोषणा गरेपनि सहिद परिवारलाई राहत उपलव्ध गराएको थिएन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here