•  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं : मन्त्रिमण्डल फेरबदलबारे विभिन्न भ्रामक समाचार आइरहेको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले त्यसको खण्डन गरेको छ ।

प्रचण्डको निजी सचिवालयले मंगलबार विज्ञप्ति जारी गर्दै मन्त्रिपरिषद फेरबदलको विषय प्रधानमन्त्रीको क्षेत्राधिकार भएको भन्दै अध्यक्ष प्रचण्डले बारम्बार त्यही कुरामा जोड दिएको जनाएको छ। साथै सार्वजनिक भएका समाचार अनर्गल र भ्रामक रहको भन्दै सचिवालयले भत्सर्ना समेत गरेको छ।

‘हाम्रो पार्टी नेतृत्वमा रहेको वर्तमान सरकारमा सहभागी मन्त्रीहरुका विषयमा अध्यक्ष कमरेड प्रचण्डलाई जोडेर विभिन्न सञ्चारमाध्यममा प्रशारित÷प्रकाशित अनर्गल र भ्रामक समाचारको हाम्रो सचिवालय घोर भत्सना र खण्डन गर्दछ। मन्त्रिमण्डल फेरबदलको विषय प्रधानमन्त्री केपी शर्मा ओलीकै क्षेत्राधिकारको विषय रहेको कुरा अध्यक्ष कमरेड प्रचण्डले बारम्बार जोड दिइरहनुभएको तथ्य सबैमा विदितै छ। पत्रकारिताको सामान्य मान्यताको पनि ख्याल नगरी भएको यस प्रकारको दुष्प्रप्रचारको भ्रममा नपर्न सबैमा आग्रह गर्दछौँ,’ प्रचण्ड सचिवालयले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ। annapurna   post

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here