आशिष तामाङ (M.T.)
न्युयोर्क- विश्वभर छरिएर रहेका नेपालीहरुलाई एकिकृत गरेर नेपालको विकासमा योगदान दिने उदेश्य बोकेको हामी नेपाली ग्लोबलको प्रथम अन्तराष्ट्रिय सम्मेलन तथा शान्ति पदयात्राको तयारी पूरा भएको छ।
यहि नोभेम्बर २३ र २४ ,२०१९ का दिन विहान १० :०० बजे संयुक्त राज्य अमेरीकाको न्युयोर्क, कुईन्स पब्लिक लाईब्रेरीमा हुने सम्मेलनमा विश्वभरका विभिन्न देशबाट हामी नेपाली ग्लोबलका शाखा प्रतिनिधीहरू, सामाजिक अभियन्ताहरू सहभागीता हुने कार्यक्रमको संयोजक नवराज के.सी. ले जानकारी दिनु भएको हो।
उक्ता कार्यक्रममा नेपालको पहिचान झल्कने वहुसाँस्कृतिक झाँकी सहित मौलिक नाचगान प्रदर्शनी गरिने कार्यक्रमको संयोजक के.सी.ले बताउनु भयो।