•  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं-  लियो क्लब अफ काठमाडौं गोकर्णेश्वरको अन्तरविद्यालय टेनिस प्रतियोगिता गोकर्णेश्वर नगरपालिका वडा नं ८ बेशीगाउ स्थित भेनस कलेजमा (शुक्रबार) आज बाट सुरु भएको छ।

 

आज एक कार्यक्रमको बीच  प्रतियोगिताको उद्घाटन भएको हो।

उक्त  उद्घाटन समारोहका प्रमुख अतिथि  2nd century Ambassador लाइन्स आनन्द प्रसाद भेटवाल , अतिथिहरुमा लाइन्स बिष्णु भाइ श्रेष्ठ, लाइन्स पेमा छिरिङ शेर्पा , लाइन्स धर्म शरण श्रेष्ठ, लाइन्स कृष्ण गौतम , लाइन्स नेत्र दहाल ,बिभिन्न बिद्यालयका शिक्षक प्रतिनिधि लगायत खेलाडीहरुको उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता लियो क्लब अफ काठमाडौं गोकर्णेश्वरको लियो कृष्ण श्रेष्ठले गरेका थिए।

प्रतियोगिताको उद्घाटन 2nd century Ambassador लाइन्स आनन्द प्रसाद भेटवाल, लाइन्स पेमा छिरिङ शेर्पाले संयुक्त रुपमा गरेका हुन् ।

बेशीगाउ स्थित भेनस कलेजको खेल मैदानमा संचालन भएको सो प्रतियोगितामा १९ ओटा विद्यालयको छात्र तर्फ ५० वटा टिम र छात्रामा १८ वटा टिम गरी कुल ६८ वटा टिमले सहभागिता जनाएका छन ।

शैक्षिक ज्ञान र शिप विकास को साथ साथै खेलको माध्यम बाट आचरण सुधार गर्दै खेल कौशलको विकास गर्दै अन्य शैक्षिक संस्थाहरुसंगको सम्बन्ध प्रगाढ बनाउने उदेश्य राखेर प्रतियोगिता आयोजना गरेको लियो क्लब अफ काठमाडौं गोकर्णेश्वरको अध्यक्ष कृष्ण श्रेष्ठले जानकारी दिए ।

मंसिर ७ गते शनिवार सम्म चल्ने सो प्रतियोगितामा प्रथम दितीय र तृतीय हुने विजेता टिमले ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन।

लाइन्स पेमा छिरिङ शेर्पा:

लियो क्लब अफ काठमाडौं गोकर्णेश्वरको अन्तरविद्यालय टेनिस प्रतियोगिता

लियो क्लब अफ काठमाडौं गोकर्णेश्वरको अन्तरविद्यालय टेनिस प्रतियोगिता-

Posted by Global Online Khabar Hub on Friday, November 22, 2019

लाइन्स बिष्णु भाइ श्रेष्ठ : 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here