• 3
  •  
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares

१३ औं दक्षिण एसियाली खेलकुद (साग)को अवसरमा उपत्यकामा जोर विजोर प्रणालीमार्फत ट्राफिक व्यवस्थापन गरिने भएको छ ।ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालका अनुसार उपत्यकामा सागको उद्घाटन र सम्पन्न हुने दिन क्रमश –मंसिर १५ र २४) दुई दिन जोर–विजोर प्रणाली लागू गरिने भएको हो ।

खासगरी यो नियम काठमााडौं उपत्यकाको रिङ रोडभित्र लागू हुनेछ’ एसएसपी ढकालले भने । तर अत्यावाश्यक सेवाका सवारी साधन भने रोकिने छैनन् ।त्यस्तै भिभीआइपी र खेलसँग आवद्ध र सञ्चारमाध्यमका सवारी साधनलाई पनि जोरविजोर प्रणाली लागू नहुने ट्राफिक प्रहरीले जनाएको छ । खेल अवधिमा सञ्चारमाध्यमका सवारी साधनको पार्किङ स्थान छुट्टै स्थानमा तोकिने छ ।यसैबीच साग सुरक्षा उपसमितिले गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले १५ गते बिजोर र २४ गते जोर नम्वर प्लेटका सवारीसाधन मात्र चल्ने बताएका थिए ।त्यस्तै, ट्राफिक प्रहरीले सागको अवधिमा ठूला मालवहाक सवारीसाधनलाई चक्रपथभित्र प्रवेश नगर्न आग्रह गरेको छ ।

  • 3
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here