•  
  •  
  •  
  •  
  •  
  •  
  •  

आशिष तामाङ (M.T.)

काठमाडौं । दक्षिण एसियाली राष्ट्रको सबै भन्दा ठूलो खेल मेला दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करणको आइतबार भव्य उद्घाटन भएको छ । दुई दशक पछि नेपाल फर्केको सागको उद्घाटन दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छिन् ।

उद्घाटनमा ३ घन्टा १६ मिनेटको अवधिमा साग सहभागी मुलुकका खेलाडीको मार्च पासका अतिरिक्त नेपालको इतिहास, वर्तमान र भविष्यको मार्गनिर्देश गर्ने सन्देश सहितको नेपाली मौलिक संस्कृति र प्रकृति झल्कने गीत र कला प्रस्तुति चर्चित गायक दीपक बज्रचार्यको ‘मन मगन’ गीतसँगै दशरथ रंगशालामा आइतवार साँझ  १२ हजार भन्दा बढी दर्शक सहभागिताहरु नाचमा झुमेको रशलाइट मिडियाकी अध्यक्ष रमिता भण्डारीले जानकारी  दिए।

उद्घाटन समारोहको नेपाली मौलिक ,कला तथा संस्कृति प्रस्तुत गरिने व्यवस्थापन र संयोजक जिम्मा रशलाइट मिडियाले  लिएको थियो ।

मंसिर २४ गतेसम्म चल्ने सागमा नेपाल, भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, माल्दिभ्स र भुटानका खेलाडीको सहभागिता रहने छ । १३ औं सागमा विभिन्न २६ वटा खेल समावेश गरिएको छ । सागका खेलहरु काठमाडौं, पोखरा र जनकपुरमा हुनेछ । नेपालले तेस्रोपटक सागको आयोजना गरेको हो । यसअघि नेपालले पहिलो संस्करण सन् १९८४ र आठौं संस्करण १९९९ मा आयोजना गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here