•  
  •  
  •  
  •  
  •  
  •  
  •  

धनकुटा मंसिर २०
हिले व्याटमिन्टन क्लबको आयोजनामा सुक्रबार देखि धनकुटाको हिलेमा दोस्रो रास्ट्रिय खुल्ला व्याटमिन्टन प्रतियोगिता सुरुभएको छ ।

प्रतियोगिता उदद्याटन कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य निरन राइले  कार्यक्रमलाइ सम्म्बोधन  गर्नुहुदै हिलेलाई खेलकुदको माध्यम बाटपनि पर्यटकिय स्थलको रुपमा विकास गर्ने बताउने भयो । साथै उहाले हिले व्याटमिन्टन कबड हललाई आफुले पाकेटि¨को लागि रु ५ लाख सहयोग उपलब्ध गराइसकेको र बहुउद्देश्य कबडहलको लागि डिपिआर तयार भइसकेको जानकारी गराउनु भयो । त्यस्तै हिले छिन्ताङ  सडकलाई कालोपत्रे गर्न तयारी  भइरहेकोर यहाको पर्यटकिय पुर्बाधारहरु निर्मार्ण कार्यहरु भइरहेको बताउनु भयो ।

दुइदिन शनिबार सम्म सञ्चालन हुने प्रतियो गितामा देशका विभिन्न जिल्लाका खेलाडिहरुको सहभागिता रहेको छ ।जस अनुसार काठमाडौ, संखुवासभा , लाहन,उदयपुर,भोजपुर ,पाचथर,झापा, मोर¨,सुनसरि तेह्रथुम ,भोजपुर र धनकुटाको सहभागिता रहेको छ । प्रतियोगिताका पुरस्कार हरु पुरुष खुल्ला डबल तर्फ पहिलो रु ३० हजार ट्रफि,मेडल प्रमाण पत्र , दोस्रो रु २० हजार मेडल प्रमाण पत्र, तेस्रो रु १० हजार मेडल प्रमाण पत्र,भेट्रान्स डबल ४५ वर्ष माथि पहिलो रु २० हजार मेडल प्रमाण पत्र, दोस्रो १० हजार मेडल प्रमाण पत्र,तेस्रो रु ५ हजार मेडल प्रमाण पत्र, महिला तर्फ पहिलो रु १० हजार मेडल प्रमाण पत्र,दोस्रो रु ५ हजार मेडल प्रमाण पत्र, तेस्रो रु २ हजार मेडल प्रमाण पत्र, प्रदाण गरिन्ने आयोजकले जनाएको छ ।

हिले व्याटमिन्टन क्लबका अध्यक्ष राम गोङबा को अध्यक्षतामा सञ्चालन भएको प्रतियोगिताको अतिथिहरुमा जिल्ला समन्वय समिति धनकुटाका सदस्य वाङदा थि¨ ,धनकुटा नगरपालिका वडा नं. १ का कार्यबाहक वडाअध्यक्ष लालचन गो¨वा ,उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष उमेश घिमिरे लगाएत रहनु भएको थियो । कार्यक्रमको स्वागत मन्तव्य जिल्ला खेलकुद विकास समन्वय समितिका अध्यक्ष भोगेन्द्र थापाले गर्नु भएको थियो भने सञ्चालन क्लबका सचिव सञ्जिव तितुङ ले गरेका थिए । कार्यक्रमको प्रयोजक धनकुटा नगरपालिका रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here